समाचार
दक्षिणकालीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
१४ फागुन काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा हुन । बिहिबार बेलुका ७ बजे तिर पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा […]
३० वर्ष पुराना जेटस्ट्रिम जहाज किनेर चलाउँदै सिम्रिक एयर
१४ फागुन काठमाडौं – यती एयरलाइन्सले ०७० मा पाँच थान पुराना जेटस्ट्रिम जहाज ५ वर्षभित्र विस्थापन गर्ने योजना मन्त्रालयलाई बुझायो, तर ५ वर्षपछि ०७५ मा विस्थापनलाई पुनः ३ वर्षको समय माग्यो, त्यो समयसमेत सकिन लागेपछि ३० वर्ष पुराना जहाज सिम्रिक एयरलाई बिक्री गर्ने तयारी गरेको छ यती एयरलाइन्सले पुरानो भएको भन्दै दुई–दुईपटक विस्थापन गर्न खोजेका […]
रुखबाट लडेर घाइते बिरामीलाई उपचारको लागि लैजादै गर्दा जीप दुर्घटना,एकको ज्यान गयो,चार घाईते
१४ फागुन काठमाडौं – म्याग्दीको बेनी नगरपालिका-४ फापरखेतमा बिहीवार राति भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नंको जीप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका(३ […]
नेकपा आधिकारिताको फैसला फागुन २० मा
१३ फागुन काठमाडौँ – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा आज नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएका विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने […]
तीन महिनाको तलब एकैचोटी बुझ्दै २७४ सांसदहरु, कत्ति सकिन्छ राज्यको ढुकुटी ?
१३ फागुन काठमाडौं – ५ पुषमा प्रतिनिधिसभा विघटन भएपछि तलबविहीन भएका प्रतिनिधिसा सांसद्हरुको तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वोच्च अदालतले संसद् पुनस्र्र्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद् सचिवालयले जनाएको छ । संघीय सचिवालयका अनुसार प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस, माघ र फागुन महिना गरी तीन […]
कुहिएका अवस्थामा महिलाको शव फेला
१३ फागुन सिरहा– सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ […]
बारामा अबैध रकम सहित २ जना पक्राउ
१३ फागुन काठमाडौं – कलैया उपमहानगरपालिका ८ बाट २५ लाख ३५ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहार बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमार रहेका छन् जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बि आर -५ के ७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला परेको […]
प्रधानमन्त्री स्वार्थकी सहयोगी राष्ट्रपति भन्डारी विवादमा
१३ फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस तथा निर्णयलाई संविधान र कानुनसँग मेल खाए नखाएको सामान्य परीक्षणसमेत नगरी तत्कालै कार्यान्वयनमा लैजाने हतारोका कारण स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्था आलोचित बन्दै आएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै उल्टाइदिएपछि प्रधानमन्त्री ओली मात्र होइन, राष्ट्रपति भण्डारीका कामसमेत विवादित बनेका […]
संसद् पुनर्स्थापना गर्ने आदेश, विधिको शासन कायम : सर्वोच्च बार
१२ फागुन काठमाडौं – सर्वोच्च अदालत बार एशोसियसनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको ठहर गरेका छन । सर्वोच्च बारले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशले मुुलुकको वर्तमान संवैधानिक संकटलाई समयमै निकास दिएको बताएको छ । सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशले […]
अनुसन्धानमा किर्ते हुनै सक्दैन:प्रहरी
१२ फागुन काठमाडौं-उर्लाबारीका प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान त्रुटिरहित ढंगले भइरहेको प्रहरीले जनाएको छ । बुधबार पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मोरङले कीर्ते कागज बनाउन नसक्ने समेत दाबी गरेको छ। जिल्ला प्रहरी प्रमुख एस पी सन्तोष खड्काले भन्नुभ्यो ‘प्रहरी अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय तथा जिल्ला अदालतको आदेश समेत हुने भएकाले प्रहरीले कीर्ते गरी […]



