समाचार
डा.केसीले तोडे अनशन, सरकारसँग १० बुँदे सहमति
काठमाडौँ – १३ दिनदेखि अनशनरत डा.गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले शनिबार साँझ अनसन तोडेका हुन् । सरकारी पक्षसँगको १० बुँदे सहमति भएको डा। केसीले अनसन तोडेको केसीका सहयोगी प्रितम सुवेदीले बताए । अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा।केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका […]
अफगानिस्तानको एक मस्जिदमा बिस्फोट हुँदा सातको मृत्यु
एजेन्सी – अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा कार बम बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । सो विस्फोटमा परेर कम्तिमा ४० जना घाइते भएका छन् । शुक्रबारको नियमित प्रार्थनाका क्रममा भएको श्रृंखलावद्ध बम बिस्फोटमा ती व्यक्ति मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिवानी अधिकारीहरुका अनुसार गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या अझै बढ्नसक्ने […]
प्रदीप रोदनको गजलकृति ‘मफलर’को विमोचन
काठमाडौँ – गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताउनुभयो । ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ […]
डेङ्गी संक्रमितको शरीरबाट आउने गन्धले लामखुट्टेलाई आकर्षित गर्छ : अध्ययन
काठमाडौँ – डेङ्गी भाइरसले संक्रमण भएका मानिसको शरीरबाट आउने गन्धले लामखुट्टेलाई आकर्षित गर्ने गरेको पाइएको छ । चीनको सेन्टर फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शन र बेइजिङमा रहेको चिङ्खवा विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनमा डेङ्गी संक्रमण भएपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने र त्यसले लामखुट्टेलाई आकर्षित गर्ने गरेको पाइएको बीबीसीले जनाएको छ । जसको कारण डेङ्गी […]
बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी गुडाउनमा रोक लगाउने सरकारको निर्णय
काठमाडौँ – सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने निर्णय गरेको छ । दशैंरतिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन गुडाउन र यान्त्रिक परीक्षण नगरी सवारी गुडाउन रोक लगाउने निर्णय गरेको हो । यस्तै दुर्घटना भई […]
देउवा नसच्चिए विद्रोह गर्ने कोइराला पक्षको चेतावनी
काठमाडौं – संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै नेपाली कांग्रेसमा नेता शेखर कोइराला पक्षका नेताले भेला गरेका छन् । भेलालाई उनीहरुले खबरदारी सभाको नाम दिएका छन् । कोइराला समूहले गरेको भेलाका सहभागीहरुले सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने बताएका छन् । कार्यक्रममा नेता कोइराला, उपसभापति धनराज […]
प्रेमगीत ३ प्रदर्शन, मुम्बईको विशेष शोमा खुलेका प्रदीप र क्रिस्टिना (फोटोफिचर)
काठमाडौ – नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । शुक्रबारबाट प्रदर्शनमा आएको प्रेमगीत ३ को बिहीबार राति भारतको मुम्बईमा विशेष शो गरिएको थियो । विशेष शोमा प्रेमगीत ३ का […]
मुस्ताङमा स्याउ टिप्ने चटारो, व्यापारीको चहलपहल बढ्यो
म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ। बगैँचामा स्याउ पाक्न थालेपछि बजारीकरणको लागि कृषकहरूले स्याउ टिप्न थालेका हुन्। मुस्ताङका ५ वटै स्थानीय तहका स्याउ बगैँचामा यतिबेला स्याउ व्यापारीहरूको चहलपहल बढेको छ। बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यस वर्ष स्याउ टिप्ने समय तोकिएको थियो। भदौ २५ गतेदेखि कृषकहरूलाई स्याउ टिप्न दिने […]
ऐतिहासिक नेपाली फिल्म ‘नालापानी’को टिजर सार्वजनिक (भिडियो)
काठमाडौँ – आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथा वस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको १ मिनेट ४१ सेकेण्डको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ । टिजरमा ब्याकग्राउण्ड स्कोर र युद्धका सिन जबर्जस्त छ । रिमेश अधिकारी निर्देशित फिल्म सन् […]
कलाकार राजु महोत्रा मृत फेला
बुटवल – बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि […]



