समाचार
जसपाले दुर्व्यवहार गरेपछि एमालेमा प्रवेश गरे : मेयर सरावगी
३० फागुन, वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा)मा आफुमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताउनुभएको छ ।सोमबार मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताउनुभएको हो । विगतमा आफुले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि […]
शेयर बजारमा सामान्य अंकले वृद्धि
३० फागुन, काठमाडौं – शेयर बजार परिसूचक नेप्सेमा सोमबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक ०.१५ अंकले बढ्दै २६ सय ६८.११ अंकमा उक्लिएको हो । अघिल्लो दिन यो सूचक अधिकतम १०१ अंकले बढेको थियो । तर उच्चतम अंकले बढेको दोस्रो दिनमा नै नेप्सेमा पुनः ब्रेक लागेको हो । यस […]
थपिए ५८ संक्रमित, १४८ जना संक्रमणमुक्त
३० फागुन, काठमाडौं – देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण […]
तनहुँमा बस र टाटासुमो ठोक्किँदा तीन जनाको मृत्यु
२९ फागुन, तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकाको ऐनापहरामा बस र टाटासुमो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ८ स्थित ४५ वर्षीय लक्ष्मी कुमारी शाही, ३६ वर्षीय ओमप्रकाश गुरुङर ७३ वर्षीय रुद्रबहादुर सेन रहेका छन् । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको […]
फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोनाविरुद्धको चौथो मात्रा खोप दिने
२९ फागुन, एजेन्सी । फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको चौथो मात्रा खोप दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जीन कस्टेक्सले देशका अग्रज नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गरेर भोलि सोमवारदेखि कोरोना भाइरसको चौथो मात्रा खोप दिने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । कोरोना भाइरसको बुस्टर मात्रा लगाएको तीन महिना पुगेका वृद्धवृद्धालाई चौथो मात्रा खोप […]
युद्धग्रस्त क्षेत्रबाट भागेर आश्रय लिइरहेको स्थानमा रुसी सैनिकको आक्रमण
२९ फागुन, काठमाडौं – युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेको छ। युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा आइतबार बिहान क्षेप्यास्त्र प्रहार गरिएको हो। उक्त घटनामा ३५ जनाको मृत्यु भएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो। उक्त घटनामा १३४ जना घाइते भएको बताइएको छ। रुसी सैनिकले आइतबार बिहान […]
अध्यक्ष नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ
२९ फागुन, काठमाडौं – सर्वोच्च अदालतले नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकता सम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम […]
चैत्र ७ गतेभित्र भाडा बढाउन यातायात व्यवसायीको अल्टिमेटम
२९ फागुन, काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चैत्र ७ गतेभित्र सवारीको भाडा बढाउन सरकारलाई अल्टिमेटम दिएका छन् । महासंघले आइतबार पत्रकार सामेलन गरी सार्वजनिक सवारीमा उक्त अवधिभित्र वैैज्ञानिक भाडादर लागू गर्न माग गरेको हो । ९ महिनाभित्र ८ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भैसकेको तर भाडा समायोजन तर्फ भने सरकारले बेवास्ता गरेको […]
दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला गर्ने निर्णय
२९ फागुन, काठमाडौँ – सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनस् सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनस् सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । […]
मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ
२९ फाल्गुन, काठमाडौं – १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बालिकाको बलात्कारपछि हत्यामा गरको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो । मोरङको बेलबारी–८ की बालिकालाई ललाई फकाई घरमा कोही […]



