समाचार
बाँकेमा ट्रक पल्टिदा ड्युटीमा रहेकी प्रहरी जवानको मृत्यु
९ फागुन, काठमाडौं – बाँकेमा ट्रक पल्टिँदा एक प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तरगत शमशेरगन्जबाट नेपालगगन्जतर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर चौराहमा ड्यूटीमा रहेकी प्रहरी जवान कविता बिसीको घटनास्थलमै मृत्यु भएको हो। ट्रक अनियन्त्रित भई पल्टिँदा बुढाथोकी च्यापिएको प्रहरीले जनाएको छ। ठाकुरबाबा नगरपालिका ७, बर्दियाकी बिसी […]
लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपात
९ फागुन, लमजुङ – मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका(३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा आइतबार दिउँसोबाट भारी हिमपात भएको छ । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव […]
जिल्ला न्यायाधीशको लिखित परीक्षामा १९६ सहभागी, ३ जनामात्रै उत्तीर्ण
८ फागुन, काठमाडौं – लोक सेवा आयोगले लिएको जिल्ला अदालतका न्यायाधीशको लिखित परीक्षामा तीन जनामात्रै उत्तीर्ण भएका छन्। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न अन्तर्वार्ताका लागि ३ जनाको नाम सिफारिस गरेको हो। लिखित परीक्षामा उत्तीर्ण भएका ३ जनाको नाम अन्तर्वार्ताका लागि सिफारिस गर्ने निर्णय भएको छ। १८ […]
एमसीसीबारे नबुझी प्रदर्शन नगरौँ : महामन्त्री शर्मा
८ फाल्गुन, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन् । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसिसीबारे स्पस्ट धारणा राख्दै आएको बताए। सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसिसीलाई अहिले […]
नेप्सेमा उच्च अङ्कको गिरावट
८ फागुन, काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक ३९ दशमलव ४० अङ्कले ओरालो लागेर दुई हजार ६९३दशमलव दशमा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सटिभ परिसूचक चार दशमलव ९९ अङ्कले घटेर ५१३ […]
विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल एमसीसी संसदमा पेश गरियो : केपी ओली
८ फागुन, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको बताएका छन् । प्रतिनिधिसभाको बैठक लगत्तै सांसदहरुसँग अन्तर्क्रिया गरेका ओलीले अझै पनि सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिएको बताए । ‘दुई–दुई वटा सभामुख फेरिए । तर टेबल भएन । जब विदेशीहरुको […]
पछिल्लो २४ घण्टामा २६२ संक्रमित थपिए, ४ जनाको मृत्यु
७ फागुन, काठमाडौं – पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । हाल […]
पोखरामा असिना पानी
८ फागुन, काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा क्षती पुगेको छ । आकस्मिक परेको असिना पानीका कारण पोखरा बजार क्षेत्र केही समय अस्तव्यस्त भएको थियो । यो प्रकारको असिना पानी पोखरामा पहिलो पटक अनुभव गरेको स्थानीयले बताएका थिए । असिना पानीका कारण कृषकले लगाएको हिउँदे तरकारी, आलु, […]
एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो
८ फागुन, काठमाडौँ – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ । आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ । प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली […]
बेलायतमा आँधी : कम्तीमा १३ जनाको ज्यान गयो
८ फागुन, एजेन्सी – यूनाइस आँधीका कारण युरोपमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, बेलायत, बेल्जियम, जर्मनी र पोल्यान्ड लगायत प्रभावित भएका छन् । आँधीले रुखहरु ढल्दा सडक बन्द बनेका छन्। आँधीका कारण विद्युत् सेवा बन्द हुँदा झण्डै १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन […]



