पत्रपत्रिका
केयुकेएलको खानेपानीमा फोहोर र ढल मिसिएको भेटियो
२२ फागुन काठमाडौं – उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो । सातादेखि धारोमा प्रयोग गर्न लायक पानी नआएको स्थानीयको भनाइ छ । […]
रसुवागढी जलविद्युतको ८० प्रतिशत काम सम्पन्न, विद्युत उपकरण जडानमा ढिलाइ
२२ फागुन काठमाडौँ – रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपािलका टिमुरेमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्य जनशक्तिको अभावले ठप्प भएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इन्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत ०७६ चैत ८ गतेदेखि देश छोडी हिँडेका कारण विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो […]
शान्ति प्रक्रियामा महत्त्पूर्ण उपलब्धि
२२ फागुन काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुकको शान्ति प्रक्रियामा महत्त्पूर्ण उपलब्धि प्राप्त भएको बताएका छन्। प्रवक्ता गुरुङले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि मुलुकको विकास र समृद्धिसमेत नयाँ चरणमा प्रवेश गर्ने बताए । द्वाल्खा म्यासमुचा खलकद्वारा राजधानीमा शुक्रबार आयोजित सम्मान कार्यक्रममा मन्त्री गुरुङले नेपालीको मुर्छित सपनालाई ब्युँझाएर […]
मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
२२ फागुन काठमाडौँ – दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए। ‘उपत्यकावासीलाई खुसीको खबर छ। शनिबार मेलम्ची राजधानी आउँदैछ,’ खत्रीले शुक्रबार राति नागरिकसँग भने। उनका अनुसार मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ […]
अझै ‘पर्ख र हेर’ को अवस्थामा कांग्रेस
२२ फागुन काठमाडौं – नेकपाको दाहाल–नेपाल खेमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहे पनि कांग्रेस अझै ‘पर्ख र हेर’को अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध रहे पनि कांगे्रसले आगामी सत्ता समीकरणबारे निर्णय नलिएको हो। सरकारमा जाने कि नजाने भन्नेमै नेताबीच फरक–फरक धारणा आइरहेका छन् । अधिकांश नेता भने सरकारमा जाने भए कांग्रेसकै […]
देउवालाई प्रधानमन्त्री अफर नगर्ने ओलीको घोषणा
२२ फागुन काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका दुवै समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचार आइरहँदा प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षबाट कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरिएको दाबी गरेका छन् । शुक्रबार सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बनिदिनुस् भनेर आफूहरू कतै नहिँडेको र हिँड्दा पनि नहिँड्ने बताए । ‘एउटा अलिकति भ्रम […]
प्रतिनिधि सभाः हिउँदे अधिवेशन भोलि सुरु हुँदै
२२ फागुन काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने देखिएको छ । कोरोना भाइरस कहरका कारण यसअघि बजेट अधिवेशन […]
प्रचण्ड–नेपालसहित १७३ सांसदलाई ओलीको निम्ता
२१ फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले संसदीय दलको बैठक डाकेको छ । सरकारले फागुन २३ गतेका लागि संसद् बैठक आह्वान गरेको छ । नेकपामा चर्किएको आन्तरिक शक्ति र सत्ता सङ्घर्षपछि नेकपा दाहाल–नेपाल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता चयन गरिसकेको छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले दलका सम्पूर्ण सदस्यलाई बैठकको […]
दाल प्याकेजिङमा त्रुटिः ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल
२१ फागुन काठमाडौं – तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए पनि कारबाही गर्ने विषयमा अन्योल बढेको छ । दाल प्याक गरिएको बोरामा उत्पादन मिति र उपभोग अवधि परिवर्तन गरिएको लेबल टाँसेको पाइएपछि कारबाहीको आधारका विषयमा अन्योल देखिएको हो । शिलबन्दीसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले तीन लाख […]
दाहाल–नेपाल समूह कांग्रेससँग सशंकित
२१ फागुन काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो। तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस दाहाल–नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर दाहाल–नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ। संसद् बैठक सुरु हुनु चार दिनअघि बुधबार […]



