Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् । यस्तै, सभामुखले […]

इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

मोरङ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, देशका सबै इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताउनुभएको छ । अध्यक्ष नेपालले आज शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देशका सबै सच्चा इमानदार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट […]

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस सिफारिस हुनुभएको छ । शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले थापाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, […]

महाअभियोग सिफारिस समितिको बैठक दिउँसो २ बजे बस्दै

काठमाडौँ – महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार आज दिउँसो २ बजे बस्ने बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ । साथसाथै, समितिको सभापति […]

आउँदो चुनावका लागि आयोगले सरकारसँग १० अर्ब रुपैयाँ माग्यो

काठमाडौँ – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ । चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको र स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरेको […]

‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० गतेदेखि

काठमाडौं – नेपाली कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ । अभियानको समयावधि पहिलो चरण भदौ १० देखि बिपी जन्मजयन्ती भाद्र २४ सम्म हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो । शनिबार साँझ […]

देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा आयो : मन्त्री गहतराज

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ । आज शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा आएको बताउनुभएको हो । उहाँले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनका लागि रगत बगाउनुपर्ने अवस्था नभएको […]

शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले युवाहरूमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताउनुभयो । उहाँले युवा केन्द्रित गतिविधिहरूको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले […]

प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा, शर्मालाई अर्थमन्त्री नियुक्त गर्ने तयारी

१५ साउन, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । माओवादीबाट अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् । प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर बालुवाटार पुगेको माओवादी स्रोतले जनाएको छ ।