राजनीति
नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल
११ साउन, काठमाडौँ -नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताउनुभएको छ । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु नभएको भन्दै उहाँले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताउनुभयो । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै […]
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश प्रकरण : सिंहदरबार गेटको सीसीटीभी फुटेजको अनुसन्धान गर्ने
९ साउन, काठमाडौँ – पूर्व अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्ने भएको छ । आइतबार बसेको समितिको बैठकले सिंहदरबार छिर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएको छ। समितिले बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते दिउँसो १२ बजेदेखि १५ गते दिउँसो १२ बजेसम्मको फुटेज […]
प्रतिनिधिसभाको बैठक आज बस्दै : नागरिकता विधेयक पारित हुने
६ साउन, काठमाडौँ – सरकारले आज नागरिकता विधेयक संसदबाट पारित गर्ने भएको छ। संसद सचिवालयले सार्वजनिक गरेको आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरिने उल्लेख छ। गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल हुनेछ । छलफलपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई […]
सीसीटीभी फुटेज प्रकरण : संसदीय छानबिन समितिले जनार्दन शर्मासँग बयान लिँदै
४ साउन, काठमाडौं – बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिँदैछ। बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा शर्मालाई बयानका लागि बोलाइएको छ। समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गरिसकेको छ। समितिले […]
कांग्रेसले भदौ २ गतेदेखि २४ गतेसम्म देशव्यापी विशेष अभियान चलाउने
३ साउन, काठमाडौं – नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । बैठकले आगामी प्रतिनिधि […]
गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : प्रधानमन्त्री
३१ असार, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागी भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका […]
नयाँ पार्टी खोल्दै बाबुराम
३१ असार, काठमाडौं – अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत् रूपमा फुट्ने भएको छ। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्। ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव)ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै […]
अर्थमन्त्रालयको असक्षमता लुकाउन ‘एम अधिकारी’ प्रकरण ल्याइयो : एमाले
२९ असार, काठमाडौँ – नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले ुएम अधिकारीु प्रकरणलाई अर्थमन्त्रालयको असक्षमता लुकाउन सत्तारूढ पक्षले नै उचालेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभामा बोल्दै उनले भने, ुसत्तापक्षका सांसदहरूले गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ विभागको सदस्य भएको भन्दै अर्थमन्त्रालयको असक्षमता लुकाउन विषयान्तर गरेको देख्दा मलाई दया भाव लागिरहेको छ ।ु उनले गभर्नर महाप्रसाद […]
सरकारको एक वर्षे : एसपीपी सम्झौता रोक्नेदेखि ६८ वर्षमै वृद्धभत्तासम्मका विवरण
२९ असार, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १ वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाको सचिवालयले सरकारले गएको वर्षको असार २९ गतेदेखि यो वर्षको असार २९ गतेसम्म अर्थात १ वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । विवरणमा यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले निम्त्याएको अस्थिरता र कुशासनको अन्त्य गरेर […]
नागरिकता विधेयक फिर्ता लिँदै सरकार
२४ असार, काठमाडौं– सरकारले प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिने भएको छ। आज शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। जसका लागि प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकको सम्भावित […]



