Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

नेकपाको खाता रोक्का गर्न बैंकहरुलाई दाहाल–नेपालको पत्राचार

१५ पुष काठमाडौँ – सत्तारुढ दल नेकपामा विभाजन आएसँगै सम्पत्तिको विषयलाई लिएर पनि विवाद सुरु भएको छ । नेकपाको दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न बैंकहरुलाई परिपत्र गरेका छन् । उनीहरुले नेपाल कम्युनिस्ट पार्टी र साविकको नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत मार्क्सवादी–लेनिनवादी०को नाममा […]

प्रतिनिधिसभाको पुर्नस्थापना कल्पना पनि नगरेहुन्छ : प्रधानमन्त्री ओली

१५ पुष काठमाडौं- प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना हुन नसक्ने प्रष्ट पार्नु भएको छ । आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलामा प्रधानमन्त्री ओलीले संविधान अनुसार नै प्रतिनिधिसभा विघटन भएकाले पुनस्र्थापना नहुने बताउनुभयो । उहाँले आफू बहुमतको दलको नेता भएका कारण सिफारिस गरेको भन्दै संविधान अनुसार नै राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको […]

ओलीले नेताहरुको फोन ट्यापिङ गरिरहेको नेकपा नेता पुनको आरोप

१४ पुष काठमाडौँ – नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको दावी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षद्वारा मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीसमेत रहेका पुनले नेताहरुलाई तर्साउन त्यस्तो गरिएको बताए । ‘सबै नेताहरुका टेलिफोन ट्यापिड भइरहेको […]

प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ : अध्यक्ष नेपाल

१४ पुष काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताउनुभयो । संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै […]

केपी ओली निरङ्कुस तानाशाहा भएको प्रमाणित भइसक्यो : पुष्पकमल दाहाल प्रचण्ड

१४ पुष । काठमाडौं – नेपाल कम्युनिष्ष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट बिचार, विधान र विधिबाट स्खलित भइसकेको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले संसद विघटनबिरुद्ध काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट सिद्धान्त मोह भंग भइसकेको जिकीर गर्नुभयो । उहाँले भन्नुभयो – ‘केपी ओली कम्युनिष्ट विचारबाट स्खलित भइसकेको […]

दाहाल– नेपाल समूह पार्टी एकताकै पक्षमा : योगेश भट्टराई

१३ पुष काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उहाँको भनाइ छ । प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले […]

संसद पुर्नस्थापना भए पार्टी एक हुन्छ : घनश्याम भुषाल

१२ पुष काठमाडौँ – जनताको अत्याधिक मत लिएर स्थायी सरकार बनाउने उद्घोषसहित एक भएका नेपाल कम्युनिष्ट पार्टीको फुटको श्रंखला जिल्ला तहमा पनि सुरु भएको छ । सुरुमा सामान्य विवाद, त्यसपछि अन्तरसंघर्ष हुँदै पार्टी विभाजनको उत्कर्षमा पुगेको नेकपाको विवादले अब विभाजनको बाटो रोज्दा यस्को लहर जिल्ला र स्थानीय तहमा पनि पुगेको छ । प्रचण्ड–नेपाल समूहको पकड […]

ओली पूर्णकालीन प्रधानमन्त्री कि कामचलाउ ?

१२ पुष काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेविरुद्ध सर्वोच्च अदालतमा परेका १३ निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा पनि राजीनामा नदिएको भन्दै प्रश्न उठाए । प्रधानमन्त्री ओलीले आफूलाई निर्वाचित गर्ने संसद विघटन गर्दै पदबाट राजीनामा नगरेर बदनियत गरेको भन्दै संसद विघटन […]

काँग्रेसमा पुनः ज्योतिषीको चर्चा : देउवाले भने, ‘अब म प्रधानमन्त्री’

१२ पुष काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय अहिले पार्टीभित्र पुनः चर्चामा छ । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनःस्थापना भए पनि काँग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि जोड्दै प्रधानमन्त्रीको लाइनमा को–को हुनुहन्छ, ज्योतिषीकोमा हेराउन गए हुन्छ भनी धारणा राखेका थिए […]

केन्द्रीय कमिटीमा जसको बहुमत उसैको नेकपा र चुनाव चिन्ह

१२ पुष काठमाडौँ – नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झण्डा पाउने निश्चित छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको र सानो समूह मात्रै छुट्टिएको आरोप लगाइरहेका छन् । यस्तो बेलामा निर्वाचनमा आयोगमा हुने केन्द्रीय कमिटीका सदस्यहरुको […]