Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

लोडसेडिङ मैले हटाएको थिए जस कुलमान लिए : ऊर्जामन्त्री रायमाझी

२ माघ काठमाडौँ – सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आफू अघिल्लोपटक ऊर्जामन्त्री हुँदा लोडसेडिङ हटाउन आफैले योजना बनाएको तर त्यसको जस कुलमान र जनार्दन शर्माले लिएको बताएका छन् । अब उर्जासंकट आउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै पार्टी फुटको सन्दर्भमा प्रचण्डहरुले जनयुद्धको लिगेसी छोडेको कारण आफू ओलीतिर लागेको बताए । आफूहरु जनयुद्धको मर्म र […]

संसद विघटन सम्बन्धी मुद्दा : संबैधानिक इजलासमा बहस सुरु

२ माघ काठमाडौं – सर्वोच्च अदालतको संबैधानिक इजलासमा संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ । आज संसद विघटनविरुद्ध दायर भएका एक दर्जन रिटको सुनुवाइ संवैधानिक इजलास या बृहद् पूर्ण इजलासमा हुने रु भन्ने टुंगो लाग्ने बताइएको छ । गत बुधबार संवैधानिक इजलास गठन भएपनि संसद विघटन सम्बन्धी मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने कि […]

आज शीतल निवास, भोलि बहादुर भवन

२८ पुष काठमाडौँ – निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन आज दिउँसो १ बजे शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पेश गर्दैछ । आयोगको भोलि बोलाइएको बोर्ड बैठकमा भने नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हिजो आयोगमै पुगेर चुनावी प्रक्रिया स्थगित गर्नको लागि गराएको जानकारीलगायतका विषयमा छलफल हुने बुझिएको छ । सोमबार अध्यक्षद्वयलाई […]

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

२८ पुष काठमडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रस्टरुपमा बहुमत समदस्यहरुको साथ रहेकाले पार्टी विभाजनको प्रक्रियामा जाने गरी दाबी गर्न आफूहरु आयोगमा नआउने जानकारीसमेत गराएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए । ‘अरु कसैले नेकपा पार्टीको नाममा केही मानिस बसेर गर्ने […]

प्रचण्ड-नेपाल समुहले निर्वाचन रोक्न गरेको आयोगद्वारा अस्वीकार

२७ पुष काठमाडौं – प्रचण्ड-नेपाल समुहले निर्वाचन रोक्न गरेको आग्रह आयोगले अस्वीकार गरेको छ । सोमबार निर्वाचन आयोगमा पुगेर अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सरकारले तोकेको निर्वाचन रोक्न आग्रह गर्नुभएको थिया । उहाँहरुले संसद विघटन सम्बन्धको फैसला नआएसम्म निर्वाचनको काम नगर्न आयोगलाई आग्रह गरेको बताइएको छ । नेताहरुले आयोगलाई स्वच्छता निष्पक्षता र […]

माधव नेपालको अध्यक्षतामा पेरिसडाडाँमा स्थायी कमिटी बैठक सुरू

२० पुष काठमाडौँ – नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । पत्नी सीता दाहालको उपचार गर्न पुष्पकमल दाहाल प्रचण्ड भारत गएपछि दाहाल– नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठकको अध्यक्षता माधव नेपालले गरेका छन्। पेरिस डाँडामा जारी बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि घोषणा गरिएको आन्दोलनका कार्यक्रमका विषयमा छलफल […]

सम्राटको नयाँ लुगा सम्झाउने ओलीको कदम

१८ पुष काठमाडौँ – राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन्। राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमलाई डेनिस लेखकको एउटा लोककथासँग जोड्दै यस्तो बताएका हुन्। देवका अनुसार सन् १९३७ अप्रिल ७ […]

प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

१८ पुष  काठमाडौँ –  पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर ग¥यो। उसले भन्यो– ’प्रधानमन्त्रीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित छ।’ कांग्रेसको यस्तो प्रतिक्रिया आएपछि धेरैले […]

सन् २०२२ भित्रै नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गरिनेछ : प्रधानमन्त्री

१७ पुष काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख भएको बताउनुभएको छ । मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रङ्गशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार […]

महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा पूर्व प्रहरी पक्राउ

१७ पुष काठमाडौं – नेकपा ओली समूहका नेता महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा प्रहरीले एक पूर्व प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका सहायक निरीक्षक ९असई० डिल्लीबहादुर चन्द छन् । साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरेर नेपालगञ्जबाट चन्दलाई मंगलबार पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय अपराध ऐन अनुसार […]