Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

राष्ट्रपतिबाट कोरोना उपचार कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

५ कात्तिक  काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक  प्रदान गर्नुभएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले […]

‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्’

५ कात्तिक काठमाडौँ – गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो– ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी ।’ लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको रस्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रिक्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो । तर, अर्का अध्यक्ष […]

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति

४ कात्तिक काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजीक ल्याउने र  नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र  चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा दिनुभएको शुभकामना सन्देशमा […]

महामारीका बेला सरकार नागरिकको उपचारबाट पन्छिनु संविधान विपरित : मानव अधिकार आयोग

४ कात्तिक   काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले विश्वव्यापी महामारीबाट आक्रान्त नागरिकको उपचारबाट सरकार पन्छिन नमिल्ने बताएको छ । आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै संविधान विपरित हुने गरी नागरिकहरूको उपचारबाट सरकार पन्छिन नमिल्ने  बताएको हो । कोरोना भाइरसका संक्रमितहरुको उपचार खर्च नव्यहोर्ने र होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन नगर्ने सरकारको निर्णय संविधानविपरीत रहेको बताउदै […]

सर्वोच्चलाई पनि टेर्दैन सरकार

४ कात्तिक काठमाडौं – ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ । साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ यो निजामती कर्मचारी अस्पताल सिभिल अस्पतालमा सोमबार टाँसिएको सूचना हो । यो नागरिकको मौलिक […]

महामारीमा कांग्रेसको प्रस्ताव: ‘सांसद विकास कोष र दसैं भत्ता खारेज गरौं’

४ कार्तिक कठमाडौं – प्रमुख प्रतिपक्षी दल नेफाली कांग्रेसले सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउनेतर्फ लगानी बढाउन सरकारलाई आग्रह गरेको छ । महामारीको समयमा जनताको जीवन जोगाउने कर्तव्य सरकारको भएको भन्दै कांग्रेसले कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन सरकारसँग आग्रह पनि गरेको छ । कोरोना संक्रमितको […]

कात्तिक १५ देखि बोलाइएको नेकपा केन्द्रीय कमिटी बैठक भर्चुअल गर्ने सोचमा शीर्ष नेताहरु

३ कात्तिक काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेकपाले बैठक आयोजना गर्दा अहिले कोरोनाबाट दैनिक दुई हजार मानिस काठमाडौँ उपत्यकामा सङ्क्रमित छन् । यस्तो स्थितिमा केन्द्रीय कमिटी बैठक होला त ? गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक विवादलाई समाधान […]

नेकपाका सांसदहरुले पनि दसैँ भत्ता नलिने

३ कात्तिक  काठमाडौँ – सत्तारुढ नेकपाका सांसदले पनि दसैँ भत्ता फिर्ता गर्ने भएका छन् । प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो ।   महामारीको समयमा सांसदहरुले भत्ता लिएको भन्दै रिोध भउपछि सांसदहरुले व्यक्तिगत रुपमा भत्ता फिर्ता गर्न लागेपछि नेकपाले […]

सवारी तथा हवाइ उडानमा लकडाउन हुनुअघिकै भाडादर लागू हुने

३ कात्तिक  काठमाडौँ – सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक सवारी साधनको सिट क्षमता अनुसारको यात्रु बोक्न पाउने र भाडादर बन्दाबन्दी हुनुअघि अर्थात […]

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

३ कात्तिक काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ । कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको उल्लेख गर्दै काँग्रेसले आज विज्ञप्तिमार्फत सङ्क्रामक रोग उपचारको कानूनी व्यवस्थाअनुरुप पनि सरकार जिम्मेवारीबाट […]