Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

लुम्बिनीका तीन सांसद पदमुक्त

१६ साउन, काठमाडौँ – लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले  शुक्रवार सूचना निकालेर जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएका जानकारी गराएको हो । जसपा केन्द्रीय कार्यालयको निर्णयअनुसार तीन वटा पद मुक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ । […]

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

१५ साउन, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शुक्रबार दायर भएको रिटमा उनले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको ११ साउनको निर्णय बदर गर्न माग गरेका छन् । गत साउन ११ […]

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

१५ साउन, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उपमहासचिव विष्णुप्रसाद पौडेल नेपाल निवास कोटेश्वर पुगेका छन् । नेपाल निवासमा अहिले दुई नेताबीच भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ । यसअघि हिजो (बिहीबार) नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए । भेटमा नेता नेपालसँग अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले पार्टी एकताबारे […]

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

१५ साउन, काठमाडौं– लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ भन्नुभयो । प्रमुख शेरचनले विद्यामान समावेशी र समानुपातिकसहितको सङ्घीय व्यवस्था […]

सन्धिसम्झौता राष्ट्रहितका लागि हुनुपर्छः डा रावल

१५ साउन, काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उहाँले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गर्नुभयो । “पहिला अनुमोदन होस् अनि पो कार्यालय खोल्ने र […]

कोभिड नियन्त्रण र विपद् जोखिम न्यूनीकरणतर्फ सरकारको ध्यानाकर्षण

१५ साउन, काठमाडौं– सांसदले मुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले नागरिकको जीवन सुरक्षाका लागि गम्भीरतापूर्वक कदम चाल्न सरकारसँग अनुरोध पनि गर्नुभयो । बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङले मुलुकका विभिन्न ठाउँमा आएको बाढी÷पहिराबाट जनधनको ठूलो […]

कांग्रेसले सुल्झ्यायो ९६ प्रतिशत क्रियाशील सदस्यता वितरण विवाद

१४ साउन, काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । क्रियाशील सदस्यता विवरणमा नमिलेका केही स्थानमा सहमति कायम गरेर समितिले प्रतिवेदन बुझाएको हो । यस अघि अपुरो प्रतिवेदन पेश गरेको समितिले केही स्थानमा पुनः सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । झण्डै सय वडामा विवाद रहेर नटुंगिएको ९६ प्रतिशत क्रियाशिल सदस्यता […]

इपिएसबाट कोरिया पठाउने काम नरोक्न निर्देशन

१४ साउन, काठमाडौं– राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको विषयमा गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिमा आज भएको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षको छलफलपछि कोभिड–१९ लाई मात्रै कारण […]

मन्त्रिपरिषद् विस्तारअघि माधव नेपालसँग छलफल गर्न प्रचण्ड कोटेश्वरमा

१४ साउन, काठमाडौं– मन्त्रिपरिषद विस्तारअघि माधव नेपालको राय बुझ्न माओवादी अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रालय बाँडफाँटको बारेमा छलफल गरेलगत्तै प्रचण्ड नेपाल निवास पुगेका हुन् । माधव नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन सत्तारुढ गठबन्धन तयार छ । तर, पार्टी एकताको टुंगो नलागेसम्म एमालेमै रहेर सरकारमा सहभागी हुन कानूनी […]

सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँडफाँड गर्ने सहमति

१४ साउन, काठमाडौं– सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँडको लागि सहमति जुटेको छ । गठबन्धनमा माधव नेपालको सहभागिता विना मन्त्रालय बाँडफाँड गर्ने सहमति जुटेको हो । मन्त्री र मन्त्रालय भागबण्डा टुंग्याउने विषयमा भएको सत्तारुढ गठबन्धनबीचको छलफलमा एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिता विना मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । बिहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको गोप्य छलफलमा […]