राजनीति
नयाँ प्रदेश प्रमुख सिफारिससहित मन्त्रिपरिषद्का विभिन्न निर्णय
१२ साउन, काठमाडौं– सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको प्रक्रियामा गएका छन् । शेरचन यसअघि […]
पब्जी र फ्रिफायरक कारण बच्चाहरुको स्वभावनै परिवर्तन भयो, यो खेलहरु बन्द गरियोस्ः आशाकुमारी वि.क.
१२ साउन, काठमाडौं– सांसद आशाकुमारी वि.क.ले कोरोना कहरका कारण बालबालिकार किशोरकिशोरीको शिक्षा इन्टरनेटमार्फत् भएको भएपनि पब्जी र फ्रिफायर जस्ता खेलको लतमा परेर बच्चाहरुको स्वभावनै परिवर्तन भएको बताइन् । यसले अभिभावक समेत चिन्तामा रहेको उनले उल्लेख गरिन् । उनले अनलाइनमार्फत् खेलिने खेलहरु बन्द गर्नुपर्ने बताइन् । उनले भनिन् – ‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोर […]
दुई प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्ति
१२ साउन, काठमाडौं– गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई प्रदेशका प्रदेश प्रमुखहलाई हटाएर गुरुङ र शेरचनलाई नियुक्त गरेको हो । ओली सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर सीताकुमारी पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो […]
माधव नेपाल पक्ष पनि सरकारमा सहभागि हुने
१२ साउन, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष वर्तमान सरकारमा सहभागि हुने भएको छ । नेपाल पक्ष पाँच दलीय गठबन्धनबाट बनेको देउवा सरकारमा आफूहरु सहभागी हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले वचन दिएका हुन् । मंगलबार बिहान नेपालसँगको भेटपछि बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नेपालले भनेको […]
माओवादी केन्द्रले ग¥यो गण्डकीको प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस
१२ साउन, काठमाडौं– नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो शेरचनलाई गत वैशाख २० गते सोमबार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन् । उनको ठाउँमा एमालेकी सीता […]
कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरुको सुझाव
१२ साउन, काठमाडौं– राष्ट्रियसभाका सदस्यहरुले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग […]
‘अघिल्लो सरकारले शुरु गरेका कार्यक्रममा प्रतिशोध नहोस्’
१२ साउन, काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि खोप प्रभावकारी रुपमा अघि बढाउन, बाढीपहिरो पीडितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा अघिल्लो सरकारले शुरु गरेको विकास निर्माणलाई बिना प्रतिशोध अघि बढाउन माग गरेको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका पदम गिरीले देश कोराना कहरले आक्रान्त र […]
संसदमा बोल्दै गगन थापाले भनेः ओली बालुवाटारबाट बार्दलीमा पुगे, देउवालाई मनपरी गर्ने छुट छैन
१२ साउन, काठमाडौं– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्नो स्वेच्छाचारी र प्रतिगामी कदमका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बार्दलीमा पुगेको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै थापाले ओलीले जस्तै स्वेच्छाचारी गतिविधि नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत सचेत गराए। प्रतिनिधि सभामा बोल्दै थापाले, ‘जनताको आदेशविपरीत मनपरी गर्दा, स्वेच्छाचारी कदम चालेर […]
राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल
१२ साउन, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुभएको छ । आज बिहान अस्पताल पुगी उहाँले नियमित स्वास्थ्य उपचार गर्नुभएको उहाँका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो । “उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भन्नुभयो, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।” राष्ट्रपति […]
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
१२ साउन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले राससलाई जानकारी दिनुभयो । कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त […]



