राजनीति
प्रतिनिधिसभा बैठक केही बेरमा सुरु हुँदै
१२ साउन, काठमाडौं– प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेदेखि सुरु हुँदैछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् । गत आइतबार उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । आजको संसदको सम्भावित कार्यसूचीमा संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेश गर्ने र […]
धार्मिक पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्री पोखरेलको जोड
१२ साउन, काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । पुम्दीकोट विकास समितिद्वारा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायतका संरचना अवलोकनपश्चात सोमबार उहाँले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले […]
कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने
१२ साउन, काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता […]
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
१२ साउन, काठमाडौँ – संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १० बजेका लागि बोलाइएको हो । आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पेश गर्ने […]
जसपा सरकारमा जान्छः यादव
११ साउन, काठमाडौं– निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ । उहाँले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताउनुभएको हो । पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो । जसपाको […]
माधव नेपालले ओलीसँगको बराबरी हैसियत पाउदैनन्ः महासेठ
११ साउन, काठमाडौं– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले माधव कुमार नेपाललाई कुनैपनि हालतमा इक्वेल अध्यक्ष नदिइने दाबी गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने, बरु आकाश खस्ला तर पार्टीमा […]
संघियता खारेजी गर्ने र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह गर्ने रवीन्द्र मिश्रको प्रस्ताव
११ साउन, काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेजमार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि बाहिर ल्याएका हुन् । उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका हुन् । उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत […]
जसपाको कार्यकारिणी समितिमा महन्थको भन्दा उपेन्द्रको पक्षमा दोब्बरभन्दा बढी सदस्य
११ साउन, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको समर्थन बलियो देखिएको छ । समितिमा महन्थ पक्षको तुलनामा यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएको हो । सोमबार निर्वाचन आयोगले सोमबार सनाखतका लागि बोलाएको जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा उपेन्द्रको पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका हुन् । आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति […]
प्रधानमन्त्रीसँग मेलम्चीका बाढी प्रभावितको माग
११ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् । बाढी प्रभावितले […]
सर्वोच्चद्वारा जसपा विवादमा अन्तरिम आदेश दिन अस्वीकार, निर्वाचन आयेगलाई निर्णय लिन सहज
१० साउन, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको विवादसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ। निर्वाचन आयोगमा दल विभाजनसम्बन्धी कानुन अनुसार सुनुवाइ भइरहेका बेला परेको रिटमा न्यायाधीश कुमार रेग्मीको इजालसबाट अन्तरिम आदेश नआएको हो। निर्वाचन आयोगले जसपा विवाद निरुपणका […]



