राजनीति
पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराइएको रकम रोक्न माग गर्दै विवेकशील साझाद्वारा ज्ञापनपत्र दर्ता
१० साउन, काठमाडौं– पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैर कानुनी रहेको भन्दै विवेकशील साझाले त्यसलाई रोक्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गराएको छ। ‘जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा अनुसार प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार […]
प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
१० साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो […]
सर्वोच्चमा रहेको जसपा विवादसम्बन्धी रिट न्यायाधीश रेग्मीको एकल इजलासमा
१० साउन, काठमाडौं– निर्वाचन आयोगको आदेश विरुद्ध सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले दर्ता गरेको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको बेञ्चमा सुनुवाइ हुने भएको छ । उक्त रिटको सुनुवाइ रेग्मको एकल इजलासमा सुनुवाइ हुने भएको हो । निर्वाचन आयोगले दलभित्रको विवाद निरुपणका लागि केन्द्रीय कार्यकारिणी समितीका पदाधिकारीहरुको सनाखत गराउने आदेश दिएपछि […]
प्रचण्डलाई भीम रावलको जवाफ – एमाले फुटाउने षडयन्त्रविरुद्ध उभिएको हुँ
१० साउन, काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा नेता रावलको राजीनामा ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भन्दै टिप्पणी गर्नु भएको थियो । अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिप्रति नेता रावलले आपत्ति जनाउनुभएको हो । रावलले प्रतिनिधिसभाको सदस्यबाट […]
नेकपा महासचिव चन्द र बादलबीच भेटवार्ता
९ साउन, काठमाडौँ – नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले आज शनिबार नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई भेटेका छन् । विप्लव, खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर नेता बादललाई भेट्न उनको निवासमा पुगेका छन् । विप्लवले आज जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छन् । विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट […]
एमाले फुटाउन अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी : बस्नेत
९ साउन, काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिनुभएको छ । शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताउनुभयो । […]
यादव पक्षको केन्द्रीय कार्यकारिणी बैठक पार्टी कार्यालयमा शुरु
९ साउन, काठमाडौँ – जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको छ । बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको प्रशिक्षण र सर्वोच्च […]
माइतीघरमा युथफोर्सको शक्ति प्रदर्शन, ‘भ्याली कमाण्ड’ घोषणा
९ साउन, काठमाडौँ – नेकपा एमाले निकट युवाहरुको संगठन युथ फोर्सले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । ओली समूहले खडा गरेको युथफोर्सले हजारौंको संख्यामा आज मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गरेको हो । मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य गरिने युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो । उक्त मार्चपास […]
कांग्रेसले गर्यो तल्लो तहका सबै अधिवेशन स्थगित
९ साउन, काठमाडौँ – नेपाली कांग्रेसले तल्ला तहका सबै अधिवेशनहरु स्थगित गरेको छ । आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने एक नेताले बताए ।
नेकपा महासचिव चन्द र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता
९ साउन, काठमाडौँ – नेकपा महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो । अध्यक्ष ठाकुरको निवास हात्तीवन ललितपुरमा उनीहरूबीच भेटवार्ताको भएको चन्देको सचिवालयले जनाएको छ । भेटमा चन्द नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासमेत थिए । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको चन्दको सचवालयले जनाएको छ । चन्दले पछिल्लो समय दलका नेताहरूसँग […]



