राजनीति
सत्ता गठबन्धन भत्काउने प्रयास भैरहेकै छ : अध्यक्ष प्रचण्ड
९ साउन, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताउनुभएको छ । संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको बताउनुभएको हो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्नुहुदै प्रचण्डले भन्नुभयो, ‘गठबन्धन […]
आज काँग्रेस पदाधिकारी बैठक बस्दै
९ साउन, काठमाडौँ – नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक बस्दै छ । पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ । आगामी भदौँ १६ गतेका लागि तय गरिएको महाधिवेशनको […]
ठाकुर पक्षका ९ सांसदको पद जोखिममा
८ साउन, काठमाडौँ – जनता समाजवादी पार्टीको आधिकारिकताको विवादमा उपेन्द्र यादव पक्षले बाजी मार्ने लगभग निश्चित भएको छ । ठाकुर पक्षले कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याएन भने कानुनी रूपमा ठाकुर पक्षका ९ सांसदको पद जोखिममा पर्ने भएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा ४० प्रतिशत पुर्याउनलाई कम्तीमा २१ जना कार्यकारिणी सदस्य ठाकुरको […]
निर्वाचन आयोगलाई चुनौती दिँदै महन्थ ठाकुर सर्वोच्चमा
८ साउन, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। आयोगले जसपा विवादमा कार्यकारिणी समितिलाई हस्ताक्षर सनाखतको लागि बोलाएपछि ठाकुर सर्वोच्च पुगेका हुन्। ठाकुर आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई निर्वाचन आयोगले मान्यता नदिई पुरानो कार्यकारिणी समितीका ५० जना सदस्यहरुलाई ‘हेड काउन्ट’गर्न बोलाएको भन्दै […]
नेता नेपालले दिए केपी ओलीलाई महाराजधिराजको संज्ञा
८ साउन, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । आज पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले ओली अझै परिवर्तन नभएको बताए […]
राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित
८ साउन, काठमाडौं– राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तरराष्ट्रिय सीमालाई व्यवस्थित गर्न, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र दल विशेषका कार्यक्रम […]
राष्ट्रपति भण्डारी र ओलीबीच २ घण्टा बढी भेटवार्ता
८ साउन, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । उहाँहरुबीच २ घण्टा लामो भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीच के बिषयमा छलफल भयो भन्ने खुलेको छैन । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटलाई महत्वका साथ हेरिएको छ । किनकी राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको मिलेपतोमा अझै […]
जति महंगो भए पनि किनेर जनतालाई खोप दिन्छौँ: प्रधानमन्त्री देउवा
८ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । उनले अघि भने, ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्याउने प्रतिवद्धता पूरा गर्छौं […]
सांसद लिङ्देनको सुझावः जनतालाई सुशासन दिनुस्
८ साउन, काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद राजेन्द्र लिङ्देनले सरकारसँग जनताको ठूलो अपेक्षा नभएको र साना साना कुरा सुधार ल्याउन सुझाव दिएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भर्खरै गएको सरकारले के के गल्ती ग¥यो, त्यही गल्ती नदोर्याउन सुझाव दिएका हुन् । उनले अहिले जनताले एउटा तावाबाट बचेको महसुस गरेको बताउदै […]
गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार
८ साउन, काठमाडौं– गण्डकी प्रदेशमा सरकारले मन्त्रीमण्डल विस्तार गरेको छ । मन्त्रिमण्डल विस्तार भएसँगै थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । नवनियुक्त मन्त्रिहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले शपथ गराएकी हुन् । नवनियुक्त मन्त्रीहरुमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल […]



