राजनीति
बिपी बहुमुखी प्रतिभाका धनी ः प्रधानमन्त्री देउवा
६ साउन, काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो भन्नुभएको छ । पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९ औँ स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवाद गाउँस्तरसम्म स्थापित गर्ने बिपीको सोच पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । […]
एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण
६ साउन, काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण पठाएको छ । स्पष्टीकरणमा पार्टी अनुशासन उल्लंघन गरेको र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत […]
प्रधानमन्त्री देउवासँग जसपा अध्यक्ष ठाकुरको आग्रह
६ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो […]
एमालेका नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठक सुरु
६ साउन, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरू भएको छ। बैठक काठमाडौंको शंखमुलमा सुरू भएको हो । आजको बैठकमा पछिल्लो राजनीतिक घटना र पार्टी एकीकरणबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने विषयमा मत बाँझिएपछि गत साउन ३ गते यता स्थायी कमिटी सदस्यहरू […]
प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेट
६ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको हो । भेटघाटमा ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित भएको स्रोतले बताएको छ । आज बिहानै साढे ९ बजेतिर प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बालुवाटार पुगेका थिए […]
युवा संघद्वारा बाँदरको भेषमा प्रदर्शन
५ साउन, काठमाडौं– युवा संघ नेपालले बाँदरजस्तो मुकुण्डो लगाएर विरोध प्रदर्शन गरेका छन् । युवा संघ नेपालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघका कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा […]
कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था
५ साउन, काठमाडौं– नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले […]
प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा
५ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुग्नुभएको हो । अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार […]
माधव पक्षीय सांसदहरूको भेला अर्याल होटलमा सुरु
५ असार, काठमाडौं– नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । भेलामा वरिष्ठ नेता नेपाल, पुर्व वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले, सांसदहरु किशान श्रेष्ठ, विरोध खतिवडा , मेटमणी चौधरी लगायतको उपस्थिती रहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका सबै सांसद भेलामा सहभागी हुने बताइएको भएपनि १२र१५ जनाको […]
एमालेको केन्द्रीय कमिटिको बैठक सुरु
५ साउन, काठमाडौं– एमालेको १० औं केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठक ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा शुरु भएको हो । सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको १०औँ बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । हिजो बसेको बैठकमा पार्टीको निर्देशन उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्ने, पार्टीको […]



