समाचार
अखिल क्रान्तिकारीको २२ औं सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्दै
१४ आश्विन, काठामाडौँ – नेकपा माओवादी केन्द्रको भातृ संगठन, अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट सुरू हुने भएको छ। नेपाल प्रज्ञा भवन कमलादीमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलन असोज १६ गतेसम्म चल्नेछ। अहिले अखिल क्रान्तिकारीको अध्यक्ष रञ्जित तामाङ हुनुहुन्छ। अब उहाँ पुन : यो पदमा नदोहोरिने […]
बदनाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्यो : मुख्यमन्त्री राउत
१४ आश्विन, जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेका आरोप लगाउनुभएको छ। बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएलगत्तै राउतले अख्तियारको उक्त शैलीको विरोध गर्नुभएको हो। पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री […]
बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै
१४ आश्विन, काठामाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज सर्वदलीय बैठक बस्ने भएको छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि निरन्तर रूपमा प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ। संसदमा देखिएको गतिरोध अन्त्य गर्न यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले पनि […]
एमसीसी लागू गरेर देश विकास गर्दै बलियो बनाउनुपर्छ : बाबुराम भट्टराई
१४ आश्विन, लमजुङ – पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० राष्ट्रिय सहमतिमा पास गर्नुपर्ने बताउनुभएको छ । बुधबार लमजुङको सदरमुकाम बेँसीसहरमा आयोजना गरिएको जसपाको संगठन सुदृढीकरण जनजागरण अभियानलाई सम्बोधन गर्दै भट्टराईले विदेशी सहयोग लिएर मात्र देश बलियो बनाउन सक्ने चर्चा गर्दै अहिले एमसीसी लागू गरेर देश विकास […]
माधवकुमार नेपाल अस्पताल भर्ना
१४ आश्विन, काठामाडौँ – नेकपा ९एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ। ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको हो । उहाँको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।उहाँको उपचारमा त्रिवि […]
४ वटा युट्युब च्यानल सञ्चालक प्रहरीको नियन्त्रणमा
१३ आश्विन, काठमाडौँ –नेपाल प्रहरीले युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वाता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा वटा अनलाइन सञ्चालक रहेका छन् । प्रहरी प्रधान कार्यालय साइबर व्युरोका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्ष नबिन्द्र अर्यालका अनुसार पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक, हरेकपलको खबर युट्युब […]
ललितपुर नगर प्रहरीले यसरी व्यवस्थापन गरेको छ,२४ घण्टे हटलाइन सेवा
१३ आश्विन, ललितपुर –ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई अब चौबीसै घण्टा परिचालन गर्न सुरु गरेको छ। वि.सं. २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो । स्थापनाको २३ वर्षपछि मंगलबारबाट नगर प्रहरीलाई चौबिस घण्टा ड्युटीमा परिचालन गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो । नगर प्रहरीले हटलाइन सेवा पनि शुरु […]
उपत्यकामा करिब ५० प्रतिशतले खोप लगाए ,आधा सङ्क्रमित घटे
१३ आश्विन, काठमाडौं – काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार काठमाडौँ […]
किरण गजमेरलाई नेपाल प्रवेश गर्न नदिएपछि विमानस्थलबाटै फर्किए अमेरिका
१३ आश्विन, काठमाडौं – ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उहाँ त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किनुभएको छ । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किनुभएको थियो। केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । किरण अमेरिकी नागरिक हुनुहुन्छ । […]
उपत्यकामा दशैं विशेष सुरक्षा : हजारौँ प्रहरी परिचालन
१३ आश्विन, काठमाडौं – काठमाडौं उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ। १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवातास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता दिएको छ। महानगरीय प्रहरी कार्यालय ९मेट्रो० रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चाडपर्व विशेष सुरक्षा योजना लागू भइसकेको जनाएको छ । मेट्रोका प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले […]



