Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

ओलीको रिट निवेदनमा आउला त आज अन्तरिम आदेश ?

५ आश्विन, काठमाडौँ – ​‘सर्वोच्च अदालतले सोमबार नै निर्णय सुनाउला र मंगलबार मन्त्रिपरिषद् विस्तार गरौँला भन्ने हाम्रो तयारी थियो’ देउवा सरकारमा सहभागी एक मन्त्रीले  भन्नुभयो,’ ‘तर, सोमबार मुद्दा हेर्दा हेर्दैमा गयो, अब आज जे निर्णय आउँछ, त्यसपछि भ्याएसम्म आजै वा भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ मन्त्रिपरिषद्मा पठाउने नामबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले […]

सेनाको हेलिकोप्टर दुर्घटना

५ आश्विन, एजेन्सी – भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना भएको छ । भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । बीबीसीका अनुसार उक्त दुर्घटनामा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घाइते भएका छन् । जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक […]

जसपामा फेरि बढ्यो फुटको त्रास

५ आश्विन, काठमाडौँ – पार्टी फुटेको एक महिना नपुग्दै जनता समाजवादी पार्टी (जसपा)  फेरि फुटउन्मुख भएको छ । सरकारले सहज रुपमा दल विभाजन हुने राजनीतिक दलसम्बन्धी ल्याएको अध्यादेश निष्कृय नहुँदा जसपामा फेरि फुटको त्रास बढेको हो । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि गत भदौ ९ गते महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरेको […]

अवरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

 ५ आश्विन, काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ पेश भएको छ। राष्ट्रिय सभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको विरोधका बिच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष पेश गर्नुएभएको हो । राष्ट्रिय सभा […]

माधव नेपालको पार्टीको हैसियत आउँदो चुनावमै देखिन्छ : बास्कोटा

 ५ आश्विन, काठमाडौँ – पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफ्नो नफुटेको दाबी गर्दै केही स्वार्थी नेताहरू मात्र पार्टीबाट अलग्गिएको बताएउनुभएको छ। उहाँले माधव नेपालले एमालेको रगत र पसिनाको अवमूल्यन गरेको बताउँदै विगतमा उनलाई कुनै काँग्रेस र माओवादीले भोट हालेर नेता नबनाएको जिकिर गरेर्नुभएको हो । ‘माधव नेपालको पार्टीको हैसियत […]

एमसीसी सम्झौता प्रचण्डले गिजोलेको बास्कोटाको आरोप :

 ५ आश्विन, पोखरा – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफूहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिजोलेको आरोप लगाउनुभएको छ। प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा पहिले सम्झौता गर्ने र पछि पारित गर्न नहुने भनेर प्रचण्डले गिजोलेको आरोप लगाउनुभएको हो । एमसीसीको सम्झौता गर्‍या कसले ?  (शेरबहादुर) […]

अन्‍नपूर्ण मसला उद्योगका सञ्‍चालक पक्राउ

५ आश्विन, पर्सा – प्रतिलिपि अधिकार ऐनविरूद्ध कसुर गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-८ बस्ने अन्‍नपूर्ण मसला उद्योगका सञ्‍चालक ३० वर्षीय रोहित साह कानु रहेका छन् । उक्त मसला उद्योगमा बढी नाफा कमाउने उद्देश्‍यले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपी स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर […]

लागुऔषध प्याकिङ गर्ने ठाउँमा प्रहरीको छापा,नौ जना पक्राउ

 ५ आश्विन, काठमाडौँ – लागुऔषध चरेस प्याकिङ गर्ने ठाउँमा प्रहरीले छापा मारेको छ।  लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंमा चरेस प्याकिङ गर्ने ठाउँमा छापा मारेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो। यसमा संलग्न रहेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। विदेश पठाउन त्यहाँ चरेस विभिन्न सामानमा लुकाउने गरेको उहाँले बताउनुभयो।  यससम्बन्धी थप विवरण दिउँसो पत्रकार सम्मेलन […]

नेपालको संविधानले प्रजातान्त्रिक मूल्य-मान्यतालाई आत्मसात गरेको छ ? राजदूत खतिवडा

५ आश्विन वासिङ्टन- अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताउनुभएको छ । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक न्याय र विविधताबीचको एकतालाई आफ्नो मुलभूत सिद्धान्त मानेको समेत उल्लेख गर्नुभयो । अमेरिकी सरकारका […]

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमती पक्राउ

५ आश्विन, लहान – श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो। दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला […]