समाचार
पोखरामा एक महिलाले गरिन् आत्महत्या
५ आश्विन काठमाडौँ – पोखरामा एक महिलाले कुकुरसहित झुण्डिएर आत्महत्या गरेकी छन् । गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं.१ शान्तिपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं.१७ बेलघारी बस्ने ५५ वर्षीया कोपिला राना कुकुरसहित झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा वडा नं। २१ स्थित फुस्रेखोलाको एक रुखमा कुकुरसहित एउटै […]
सोह्र श्राद्ध शुरू,दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान
५ आश्विन काठमाडौँ – हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि अपरान्हकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको […]
अरु पार्टीसँग एकता गर्न लागेको हल्लामा कुनै सत्यता छैन
५ आश्विन काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि पार्टीसँग एकता नगरी आफ्नै शक्तिमा अगाडि बढ्ने बताउनुभएको छ । आफूहरुले अरु पार्टीसँग एकता गर्न लागेको हल्ला चलाइएको भन्दै नेपालले त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभयो । कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा पुग्नुभएका अध्यक्ष नेपालले कसैसँग एकता नहुने र आफ्नै शक्तिले पार्टी […]
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मंगलबार बस्ने
४ आश्विन, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक असोज ५ गते काठमाडौंमा बस्ने भएको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बुधबारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर […]
काबुलका मेयरले दिए : महानगरका सबै महिला कर्मचारीलाई घरमै बस्न निर्देशन
४ आश्विन, एजेन्सी – अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिनुभएको छ । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यालय नजान निर्देशन दिनुभएको को । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाई महिला छन् । कट्टर मुस्लिम सरकारले अफगान महिलामाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । सन् १९९० को […]
बुटवल उपमहानगरपालिकाका नगर प्रमुखमाथि हातपात गर्नेलाई कारबाही गर्न माग
४ आश्विन, काठमाडौं – बुटवल उपमहानगरपालिकाले नगर प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । सोमबार विहान वर्षापछि भूस्खलन भइ बस्ती जोखिममा परेको थाहा पाएपछि मेयर सुवेदीसहितको टोली ज्योतिनगर पुगेको थियो । त्यस क्रममा स्थानीय गणेश पंगेनीले मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । बुटवल उपमहानगरपालिकाले नगर प्रमुखमाथि भएको उक्त घटनामा संलग्न […]
दार्चुलामा भूकम्पको धक्का
४ आश्विन, दार्चुला – पश्चिम नेपालको दार्चुला, खार्रालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसरा दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो साढे ४ बजे ४ दशमलव २ रेक्टर स्केलमा भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको […]
को हुन् ? आफ्नै मेयरलाई मुक्का हान्ने पंगेनी
४ आश्विन बुटवल – सोमबार पहिरो निरीक्षण गर्न गएका बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदी आफ्नै कार्यकर्ताबाट कुटिए । मेयर सुवेदीलाई दाउ छोपेर मुक्का प्रहार गर्ने युवक एमालेनिकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेका छन् । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदी सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा पुगेका थिए । मेयर सुवेदी त्यहाँ पुग्दा ज्योतिनगरवासी आक्रोशित […]
रूसको एक क्याम्पसमा गोली चल्दा कम्तिमा आठ जनाको मृत्यु
४ अश्विन, एजेन्सी –मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताउनुभएको छ। यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो । प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी’मा भएको आक्रमणमा धेरै व्यक्ति घाइते भएको र आक्रमणकारीलाई नियन्त्रणमा […]
बुटवल उपमहानगरपालिकाका प्रमुखलाई प्रहार गर्ने व्यक्ति एमालेकै
४ अश्विन काठमाडौँ – नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको पाईएको छ। सोमबार बिहान बुटवल ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा झरेको पहिरो निरीक्षणका लागि गएका नगरप्रमुख सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका थिए। ति युवा ज्योतिनगरका गणेश पंगेनी रहेको प्रहरीले बताएको छ। […]



