समाचार
कञ्चनपुर कारागार ः राति सुत्न पालो कुर्नुपर्ने !
११ साउन, काठमाडौं– कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर […]
तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने
११ साउन, काठमाडौं– मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका थोरै […]
जाजरकोटको बारेकोटमा जिप दुर्घटना, एकको मृत्यु चार घाईते
११ साउन, काठमाडौं– जाजरकोट जिल्लाको बारेकोटमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा बारेकोट गाउँपालिका–८ लैखमकी ५६ बर्षिय लक्ष्मी सिंहको मृत्यु भएको छ भने, बारेकोट–८ लैखमकी २४ बर्षिय समीक्षा सिंह, २२ बर्षिय दिपक खत्री, ३१ बर्षिय बलबहादुर खत्री र नलगाड नगरपालिका– ५ सिर्केका १७ बर्षिय मिलन […]
अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या
११ साउन, काठमाडौं– “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् “लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।” बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर […]
स्वास्थ्य मन्त्रालयको प्रक्षेपण, आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन सक्छन्
११ साउन, काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण आगामी ५ महिनामा थपिने बताएको छ । पछिल्लो समय थप कोरोना संक्रमणको संख्या बढीरहेको बताउदै मन्त्रालयले संक्रमणको आगामी ५ महिनामा करिब २ लाख पुग्ने जनाएको हो । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण […]
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक भिडियो बनाउने पक्राउ
१० साउन, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर न.पा. ६ बस्ने सोमप्रसाद घिमिरे रहेको साइबर ब्युरोले जनाएको छ । घिमिरेले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो इडिट गरी ट्रोल भिडियो बनाएर टिकटकमा राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घिमिरेलाई […]
नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने पक्राउ
१० साउन, काठमाडौं– नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने झापा भद्रपुर नगरपालिका–७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी […]
उपत्यकामा जारी निषेधाज्ञा १० दिनका लागि थप
१० साउन, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी निषेधाज्ञा आज राती १२ बजेदेखि सकिने भएपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । उपत्यकामा यसअघि कै नियम लागू हुनेगरी थप १० दिन निषेधाज्ञा थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद […]
७ बुँदे माग राख्दै यातायात व्यवसायीले सरकारलाई सवारीसाधनको चाबी बुझाए
१० साउन, काठमाडौं– विभिन्न ७ बुँदे माग राख्दै यातायात व्यवसायीले सरकारलाई चाबी बुझाएका छन् । आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत सार्वजनिक यातायात केन्द्रीय महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएको हो। महासंघले गत असार २४ गतेदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको छ । महासंघले राखेका माग पुरा नगरे यातायात सञ्चालन […]
तास खेलिरहेको अवस्थामा २२ पक्राउ
१० साउन, काठमाडौं– प्रहरीले तास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट २२ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका–९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीलाई उक्त डान्सवारमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त […]



