Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

मन्त्रिपरिषद् विस्तारबारे जवाफ पेस गर्न सरकारलाई सर्वोच्चको आदेश

२५ जेठ, काठमाडौँ– सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा परेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सोसम्बन्धी लिखित जवाफ माग गरेको हो । इजलासले सो विषयमा थप छलफलका लागि दुवै पक्षलाई आगामी असार ८ गते बोलाउने […]

मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

२५ जेठ, काठमाडौं– मन्त्रिपरिषद पुनर्गठन सम्बद्ध रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । अदालतमा आज बसेको न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण माग गरेको हो । यस विषयमा सर्वोच्चले असार ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो । सर्वोच्चमा मन्त्रिपरिषद […]

कपल फोटोग्राफी प्रतियोतिको लागि तयारी तीव्र, दाङ जिल्ला संयोजकमा दुर्गाप्रसाद चौधरी

२५ जेठ, काठमाडौं– फोटोग्राफीको क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको फोटो पसल प्रालिले १८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गर्न लागेको कप्पल फोटो प्रतियोगिताको लागि तयारी तिव्र पारेको छ । विभिन्न जिल्लाबाट संयोजक चयन तथा फाटो कलेक्सनको कार्य भइरहेको छ । यसैक्रममा दाङ जिल्लाबाट सत्य सार्इ डिजिटल ग्राफिक फोटो स्टुडियो एवं फ्रेमिङ्ग सेन्टरका सञ्चालक तथा फोटोग्राफर […]

रित्तो अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह, जोखिम अझै टरिनसकेको मन्त्रालयको भनाइ

२५ जेठ, काठमाडौं– महामारीको जोखिम नटरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाली अक्सिजन सिलिन्डर भर्न आग्रह गरेको छ । पछिल्ला केही दिनयता संक्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेकोले सिलिन्डर भरेर राख्न मन्त्रालयले बताएको हो । आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिलिन्डरहरु व्यक्तिका घर, टोल, आइसोलेसन सेन्टर र अस्पतालमा भएका […]

टिपरमा लुकाइछिपाई जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ

२५ जेठ, काठमाडौं– शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका–६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–११ का विशाल टमटा र […]

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध

२५ जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध […]

लुटपाट गर्न आएको समूहले गोली चलाउँदा एक घाइते

२५ जेठ, काठमाडौं– महोत्तरीमा गोली चाल्दा एक महिला घाइते भएकी छिन् । गत राति अज्ञात समूहले चलाएको गोली लागि एक महिला घाइते भएकि हुन् । घाइते हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ६ की महिला रहेको प्रहरीले जनाएको छ । लोहारपट्टीका स्थानीय रामशरण साहको घरमा करिब ५÷६ जनाको समूहमा आएका लुटेराको समूहले गोली चलाएको प्रहरीले […]

लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी र न्यू स्मार्ट सिटिद्वारा विपन्नलाई सहयोग

२५ जेठ, काठमाडौं -कोभिड-१९ को नयाँ भेरियन्टको महामारीले मानव जीवनलाई चुनौती दिइरहेको छ । यो महामारीले लाखौँ मानिसहरुले ज्यान गुमाई सकेका  छन् । नेपालमा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि सर्वसाधारणको दिनाचार्य प्रभावित भएको छ । माहामारीका र निषेधाज्ञाका कारण मारमा परेका विपन्नहरुको राहतका लागि नेपाल तरुण दलका केन्द्रीय सदस्य, समाजसेवी तथा […]

बौद्धमा बोरामा प्याक गरिएको अवस्थामा शव फेला

२५ जेठ, काठमाडौँ – काठमाडौँको  बौद्धस्थित नयाँबस्तीमा बोरामा प्याक गरेको अवस्थामा एक जनाको शव भेटिएको छ। मंगलवार विहान बोराबाट बाहिर खुट्टा निस्किएको र जलेको अवस्थामा शव  भेटिएको महानगरीय प्रहरी बीट बौद्धका प्रमुख डीएसपी नविन कार्कीले  जानकारी दिनुभएको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले सो क्षेत्रमा नेपाल प्रहरीको बौद्ध वृत्त र काठमाडौं […]

चट्याङ लागेर एक जनाको मृत्यु

२५ जेठ, काठमाडौँ – मोरङमा हावाहुरी र वर्षासहित परेको चट्याङले लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । चट्याङ्ले लाग्दा बेलबारी नगरपालिका–५ कसेनीका ३८ वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रदेश १ का प्रहरीले जानकारी दिएको हो । उनका अनुसार घरको बरण्डामा खाना खाइरहेका बेला घरनजिकै परेको चट्याङ्ले लागेर चौधरी घाइते भएका थिए । साँझ […]