समाचार
पठाओको सेवा अवरुद्ध
१० चैत काठमाडौँ – राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा अवरुद्ध भएको छ । पठाओले फेसबुक पेजमार्फत जानकारी दिँदै आफ्नो सेवा अवरुद्ध भएको जानकारी गराएको छ । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले प्राविधिक कारणले केही समयको लागि सेवा उपलब्ध गराउन नसकेको बताउनु भयो । ‘केही प्राविधिक समस्या देखिएको कारणले हाम्रो सेवा अवरुद्ध भएको हो,’ उहाँले […]
भारतद्वारा निर्माणाधीन तटबन्ध रोक्न कांग्रेस नेता बडुको माग
१० चैत काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फीरुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले दार्चुला, महाकाली नगरपालिका–५ स्थित महाकालीमा नेपाली भूभागमा भारतले तीन महिनादेखि सीमास्तम्भलाई समेत भित्र पारेर तटबन्ध बनाइरहेको […]
कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा
१० चैत काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका […]
प्रहरीको गोली लागेर दुई घाइते
१० चैत काठमाडौँ – बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ । आज […]
दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी
१० चैत काठमाडौँ – यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर उक्त सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको हो । देशभरका यातायात व्यवस्था कार्यालयबाट एकै पटक धेरै सङ्ख्यामा नयाँ अनुमतिपत्रका लागि आवेदन दिएकाले यो सङ्ख्या अहिले ह्वात्तै बढेको विभागका सूचना प्रविधि […]
प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश
१० चैत काठमाडौँ – प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उक्त […]
दाङ विद्यार्थी बोकेको बस दुर्घटना हुँदा सात जना घाइते
१० चैत काठमाडौँ – दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा सात जना विद्यार्थी घाइते छन्। पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। तुलसीपुर उपमहानरपालिका वडा नम्बर १५ कोठरीबाट आज बिहान प्लस टू पढ्ने विद्यार्थीहरू लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो। प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार दुर्घटनामा सात विद्यार्थी घाइते […]
राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता
१० चैत काठमाडौँ – जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । गए राति भएको दुईपक्षीय भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए । भेटवार्तापछि उनीहरु राष्ट्रपति हमिदले सोही […]
नेप्सेमा २४ अङ्कको गिरावट, माथिल्लो तामाकोशीको शेयरमा सर्किट
९ चैत काठमाडौँ – आइतबार उच्च अङ्कले वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.०८ अङ्कले ओरालो लागेर दुई हजार ५१४.३९ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४.७९ अङ्कले घटेर ४४८.८० मा […]
कोरोना जोखिम पुनः देखिँदा उच्च सतर्कता
९ चैत काठमाडौँ – छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणको […]



