समाचार
भागरथी हत्या प्रकरणः अभियुक्तको डिएनए ‘म्याच’
१२ चैत काठमाडौ – बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जनाइएको छ । दिनेशलाई पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको छ । यसअघि दिनेशले सुधारगृहमै […]
झा दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला
१२ चैत काठमाडौँ – १० फागुनदेखि ओछ्यानसहित बेपत्ता भएका महोत्तरी पिपरा गाउँपालिका(५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झाको शव फेला परेको छ । दुवैको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटोछेउमा फेला परेको प्रदेश( २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए । खाल्डो खनेर निकालिएको शवको दम्पतीका छोरा मनिसकुमार झाले सनाखत […]
दोरम्बा २ मा महिला आधारभूत कम्प्युटर तालिम आजबाट सुरु
सिंहराज योन्जन १२ चैत काठमाडौँ – दोरम्बा गाँउपालिका वडा नं २ ले महिलाहरुलाई आधारभूत कम्यूटर तालिम दिनेभएको छ । सीप विकासको लागि महिलाहरुलाई ४५ दिने आधारभुत कम्प्युटर सीप सिकाई तालिम दिन लागेको हो । दोरम्बा गाउँपालिकाको आर्थिक वर्ष २०७७ र ८७ को वडा तर्फ बिनियोजित बजेट मार्फत उक्त तालिम सुरुभएको हो । वडा कार्यलयको हलमा उक्त […]
साउदीको २ कम्पनीमा भारी सङ्ख्यामा नेपाली कामदारको माग
१२ चैत काठमाडौं – साउदीको दुई कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । साउदीको के एस ए सहरमा रहेको साउदी इनभाइरोन्मेन्ट प्रिभेन्सन कम्पनीमा १०० जना र रियाध सहरमा रहेको साको प्लाम कम्पनीमा ११ जना गरी जम्मा १११ नेपाली पुरुष कामदारको माग गरेको हो । कम्पनीले नर्मल फेक्टर र जनरल लेवरका लागि नेपाली कामदारको […]
प्रभावमा आधारित मौसम पूर्वानुमान : पूर्वाभ्यासमा विज्ञ र साझेदार प्रतिनिधि
१२ चैत काठमाडौँ – जलवायु परिवर्तन विज्ञ डा ङमिन्द्र दाहाल र मौसमविद् वरुण पौडेल नेतृत्वको तेस्रो नम्बर समूहले मङ्गलबार र बुधबार प्रभावमा आधारित मौसम पूर्वानुमानका बारेमा विभिन्न अभ्यास गरेको छ । भारी वर्षा आएको काल्पनिक परिदृश्यलाई अधार बनाएर उक्त समूहले समुदायमा पर्ने प्रभावसम्मको आकलन गरी अभ्यास गरेको थियो । अभ्यासमा भारी वर्षाको सम्भावनासहितको सूचना मौसम […]
कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन
१२ चैत काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शङ्का लागेका व्यवसायीलाई […]
मोटरसाइकल दुर्घटनामा मृत्यु
१२ चैत काठमाडौँ – आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते […]
बागेश्वरी अशल शासन क्लब रामेछापको अध्यक्षमा श्रेष्ठ चयन
अनिता थापा मगर १२ चैत रामेछाप–बागेश्वरी अशल शासन क्लब (बास) रामेछापको अध्यक्षमा युवराज श्रेष्ठ चयन हुनुभएको छ । बास रामेछाप शाखाले बुधबार मन्थलीमा गरेको दोस्रो जिल्ला अधिवेशनमा पत्रकार श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । त्यस्तै, उपाध्यक्षमा एलिना लामा, सचिवमा यादव के.सी., सह–सचिवमा मिलन वि.क. र कोषाध्यक्षमा विपना थापा चयन हुनुभएको छ । सदस्यहरुमा क्रमशः […]
भारतमा कोरोनाभाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला
१२ चैत काठमाडौँ – भारतमा कोरोनाभाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ । भारमा संक्रमितबाट संकलन गरिएका नमूनामा नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको हो । यो नयाँ भेरियन्टमा दुईवटा म्युटेसन भएका भेरियन्ट एकै ठाउँमा आएका छन् । भारतका १९ राज्यमा संकलन गरिएका १० हजार ७८७ नमूनामा ७७१ जनामा ७३६ जनामा बेलायत, ३४ […]
मेलम्ची खानेपानी: ढल व्यवस्थापनमा समस्या हुन्न
१२ चैत काठमाडौँ – मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएपछि ढल व्यवस्थापनमा समस्या नहुने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । घरघरमा पठाएको पानीको करिब ८० प्रतिशत पानी उपभोगपछि ढलमा जानेछ । पानीको मात्रा बढ्ने भएकाले ढल भरिएर सडकमै बग्न सक्ने भएकाले त्यसको व्यवस्थापन गरिएको केयूकेएलले […]



