समाचार
प्राविधिक समस्या समाधानपछि पठाओको सबै सेवा सुरु
११ चैत काठमाडौँ – मङ्गलवार दिउँसोदेखि बन्द भएको पठाओको सेवा २४ घण्टापछि बुधवार दिउँसोदेखि सुरु भएको छ । मङ्गलवार पठाओ नेपाल प्रालीले प्राविधिक कारण सेवा बन्द भएको बताएको थियो । सेवा फेरि सुरु भएसँगै बाइक, ट्याक्सी र फुड डेलिभरी सेवा सञ्चालनमा आएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताउनुभयो । पठाओको सेवालाई थप […]
सुनको मूल्य स्थिर
११ चैत काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य आजपनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि आज ८६ हजार २५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
होटलमा श्रीमानसँगै बसेकी महिला मृत फेला, घटना शंकास्पद
११ चैत जनकपुरधाम – जनकपुरधामस्थित एक होटलमा विगत दुई दिनदेखि आफ्नो श्रीमानसँगै बसेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी म्याग्दीको तत्कालीन बिम गाविसकी ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो । श्रीपालीको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउन्डमा आधा शरीर पानीमा र […]
लकडाउनको एक वर्ष : फेरि सम्भावना कति ?
११ चैत काठमाडौँ – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा […]
विद्युतीय सामग्रीहरूको मूल्य बढ्यो
११ चैत काठमाडौँ – बजारमा विद्युतीय सामग्रीहरूको मूल्य बढेको छ । घर वायरिङमा प्रयोग गरिने तार, पंखा, केबुल, चार्जर र ब्याट्रीलगायत सामग्रीको मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा यी सामग्रीमा प्रयोग गरिने कच्चा पदार्थको मूल्य बढेका कारण कम्पनीबाट नै मूल्य बढेर आएको व्यापारीहरूको भनाइ छ । विद्युतीय सामग्रीहरूमा प्रयोग हुने कपर, आल्मुनियम, आइरन र पीभीसीलगायत कच्चा […]
तीन दिनदेखि कर्णालीमा नेटवर्क अवरुद्ध
१० चैत काठमाडौँ – कर्णाली प्रदेशका पाँच जिल्लामा नेपाल टेलिकमले वितरण गरेका एडिएसएल, जिएसएम, सिडिएमए र डाटा सेवा तीनदिन यता अवरुद्ध छन् । यही चैत ७ गते राति दैलेखको महाबु लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खरावी आउँदा कर्णालीका पाँच जिल्लामा नेटवर्क अवरुद्ध भएको होे । महाबुमा रहेको टावरमार्फत कर्णाली प्रदेशका जुम्ला, कालीकोट, डोल्पा र […]
सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह
१० चैत काठमाडौँ – कोभिड सङ्क्रमणको जोखिम बढेपछि तनहँुमा सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको हो । फागुपूर्णिमाको अवसरमा सामूहिक रुपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले […]
मर्मत सम्भारका लागि मनकामना केबुलकार बिहीबार बन्द हुने
१० चैत काठमाडौँ – मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो । नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि […]
बौद्ध क्षेत्रमा टिकटक बनाउन नपाइने
१० चैत काठमाडौँ – काठमाडौंको विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा टिकटक बनाउन निषेध गरिएको छ । शान्त वातावरणमा खलल पुगेको भन्दै सो क्षेत्रमा टिकटक भिडियो बनाउन निषेध गरिएको हो । त्यस क्षेत्रको मर्म अनुरुप दैनिकरुपमा टिकटक भिडियो बनाउने संख्या बढ्दा बौद्धनाथ क्षेत्रको धार्मिक एवम् शान्तिपूर्ण वातावरण अनुरुप नभएको, अनावश्यक भिड बढेको धार्मिक आस्थमा खलल […]
कीर्ते नागरिकता बनाउने एकैै परिवारका छ भारतीयलाई कैद
१० चैत काठमाडौँ – कीर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई छोरा, दुई बुहारी र एक नातिलाई कैद र जरिवानाको सजाय भएको सप्तरी जिल्ला […]



