समाचार
लागुऔषधको लतले श्रीमतीको हत्या, बोरामा हालेर फ्याक्ने प्रयास
४ चैत काठमाडौँ – लागुऔषधको लतमा फसेका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठलाई हथौडाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँको दाबी छ । घटनामा सवुध प्रमाणसहित सापकोटालाई पक्राउ गरी आज परिसरमा सार्वजनिक गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भन्नुभयो, “हत्यापछि […]
बाघको आक्रमणमा एकको मृत्यु
४ चैत बार्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा जानुभएको थियो । बाघले रावतलाई आक्रमण गरेको थाहा पाउँदा निकुञ्ज सुरक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका […]
पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण
४ चैत काठमाडौँ – पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । विशेष पूजा शुरु भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ । कोरोना जोखिमका कारण भारतीय भक्तजन […]
डोल्पामा डोजर दुर्घटना, एकजनाको मृत्यु
४ चैत्र काठकाडौँ -डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ को रुम गाउँ नजिकै डोजर दुर्घटना भएको छ । सुलिगार्ड–फोक्सुण्डो सडक निर्माणमा काम गरिरहेको डोजर बुधबार बिहान करिब ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका मृत्यु हुने जाजरकोट जिल्ला नलगाड […]
इन्स्टाग्रामको नयाँ नीति : डाइरेक्ट म्यासेजमा थप नियन्त्रण
४ चैत्र काठमाडौं इन्स्टाग्रामले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन किशोर र वयष्क प्रयोगकर्ताबीचको अन्तर्क्रियालाई नियन्त्रण गर्ने नीति ल्याएको छ । यसअन्तर्गत अब कुनै पनि वयष्क प्रयोगकर्ताले आफूलाई फलो नगरेका किशोर प्रयोगकर्तालाई डाइरेक्ट म्यासेज पठाउन नपाउने भएका छन् । साथै शंकास्पद गतिविधि भएका वयष्कहरुलाई कुनै पनि टिनेजरले डाइरेक्ट म्यासेज पठाउँदै छ भने इन्स्टाग्रामले त्यतिबेला ‘सेफ्टी प्रोम्प्ट’को नोटिफिकेसन […]
झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि
३ चैत काठमाडौँ – नेकपा (एमाले) को झलनाथ–माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका आज आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको हो । भेलाकोे सम्पूर्ण […]
चिनियाँ सामग्री सीधै रसुवागढी नाकामा
३ चैत रसुवा उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ । नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । गोदाम […]
महबाट २० लाख आम्दानी
३ चैत बाँके – कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त हुनुहुन्छ । कोहलपुर नगरपालिका–६ निवासी राणा र उहाँका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउन हुन्छ । मौरीहरुको आधार चाका हेरचाह गर्दै उहाँहरुको दिनचर्या […]
आज सुनचाँदीको मुल्य कति पुग्यो ?
३ चैत काठमाडौँ – मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलाको ८६ हजार ६ सयमै कारोबार भइरहेको छ । यसअघि आइतबार र सोमबार पनि छापावाला सुन तोलाको ८६ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी […]
मुक्तिनाथ वेद विध्याश्रमका छात्रहरुद्वारा गजेन्द्र मोक्ष संस्कृत परिषद् गठन
मनिष रन्जन बराल २ चैत, काठमाडौँ – मुक्तिनाथ वेद विध्याश्रमका छात्रहरुले गजेन्द्र मोक्ष संस्कृत परिषद् गठन गरेका छन् । अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टको शाखा गजेन्द्रमोक्ष दिव्यधाममा अवस्थित मुक्तिनाथ वेद विध्याश्रमका भुतपुर्व र अध्यनरत छात्रहरुले गजेन्द्र मोक्ष संस्कृत परिषद् गठन गरेका हुन् । अनन्त श्रीविभुषित मुक्तिनाथ पीठाधीश्वर स्वामी श्री कमलनयनाचार्य (मुक्तिनाथबाबा) ज्युको सत्सान्निध्यतामा उत्तराधिकारी […]



