Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

कोभिड-१९ संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभर ट्याब्लेट नेपालमा उत्पादन

८ असोज  काठमाडौं – देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाईरस (कोभिड १९) संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभरओरल ट्याब्लेट उत्पादन गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको अवस्थामा विश्वका अन्य देशहरुमा पनि प्रयोगमा आएको उक्त औषधि देउराली जनताले उत्पादन गरेको हो । कोरोना रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फभिपिराभर ओरल ट्याब्लेट एन्टीभाइरल औषधीलाई विश्वका धेरैे मुलुकहरुले कोरोनाका […]

साउदी अरबद्धारा तीन देशमाथि यात्रा प्रतिबन्ध

८ असोज काठमाडौँ – साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ ।कोभिड(१९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान […]

परराष्ट्रमन्त्रालयले भन्यो, ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन’

७ असोज काठमाडौं – चीनले नेपाली भूमि अतिक्रमण गरेको सम्बन्धमा नेपाल सरकारले धारणा सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले नेपाली भूमि चीनले अतिक्रमण नगरेको स्पष्ट पार्नुभएको छ । केहिदिन अघि संचार माध्यमहरुमा हुम्लाको नाम्खा गाउँपालिका-६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको समाचारहरु प्रकाशित […]

बोल्भरह्यामटन वान्डेरेर्सले भित्र्यायो बार्सिलोनाका डिफेन्डर सेमेडो

७ असोज काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग क्लब वोल्भ्स (बोल्भरह्यामटन वान्डेरेर्स) ले स्पेनिस महारथि बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडोलाई भित्र्याएको छ । बुधबार बोल्भ्सले सेमेडोलाई ३७ मिलियर पाउण्डमा भित्रेयाएको जनाएको छ । बोल्भ्सका मुख्य प्रशिक्षक न्युनो स्पिरिटो सान्तोले यसअघि टोटनहम गएका माट डोर्हेटीको स्थानमा उनलाई भित्र्याएका हुन् । ‘विश्वस्तरको क्लबबाट विश्वस्तरको खेलाडी टीममा आवद्ध गर्न पाउने […]

वामदेवको मन्त्री बन्ने चाहनामा अन्तरिम आदेश तत्कालका लागि तगारो

७ असोज काठमाडौँ – प्रधानमन्त्री बन्ने चाहना पूरा नभएपछि मन्त्री मात्रै भएपनि बन्ने चाहना अनुरुप नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्न पुगेका थिए। सर्वोच्चको अन्तरिम आदेशले तत्कालका लागि वामदेवलाई मन्त्री हुने बाटो पनि बन्द गरिदिएको छ। डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरिएपछि उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी लिने प्रयासमा उनी थिए। नेकपालाई मार्क्सवादी अर्थतन्त्र बुझेको अर्थमन्त्री […]

सरकारले स्वीकार गरे दशैंमा लकडाउन !

७ असाेज काठमाडौं – कोरोना संक्रमणको दर लगातार बढे फेरि लकडाउन गर्न सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले  जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको यो सिफारिस सरकारले कार्यन्वयन गरेको खण्डमा दशैँको समयमा मुलुकमा पुनः लकडाउन हुन सक्छ […]

बेलायतमा पहिले जस्तो कडा मात्रामा लकडाउन नहुने

७ असार काठमाडौँ – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताउनुभएको छ । उहाँले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने बताउनुभएको र सोही बमोजिम मंगलबार यहाँ नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ । तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको भन्दा खुकुलो […]

कोरोनाका त्रासका बिच मजदूरीका लागि भारत जानेको लर्को

काठमाडौँ – कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरु भारततर्फ जान लागेका हुन् । खुला सीमा नाकाका कारण यहाँका स्थानीवासी रोजगारीका लागि दैनिक सयौंको सङ्ख्यामा भारततर्फ गइरहेका छन् । रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको […]

भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंमा चीनविरुद्ध प्रदर्शन

७ असोज काठमाडौं – हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरुले काठमाडौँमा चीनविरुद्ध प्रदर्शन गरेका छन् । बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले सीमा अतिक्रमण बन्द गर्न, मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्ने लगायत लेखिएका प्लेकार्ड बोकेका थिए । युवाहरु प्रदर्शनमा उत्रेपछि चिनियाँ दूतावास रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो

७ असोज काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ जना पुरुष र १ जना महिला रहेका छन् । जसमा काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय किशोरको गरी २ जनाको मृत्यु भएको छ । त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, सिरहाका […]