Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

इङ्ल्यान्डसँगको टी–२० क्रिकेट श्रृङ्खला भारतलाई

२६ असार, काठमाडौँ – इङ्ल्यान्डसँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि नै जितेको छ । बर्मिङ्घममा गएराति भएको दोस्रो टी–२० मा इङ्ल्यान्डलाई ४९ रनले हराउँदै भारतले श्रृङ्खला २–० ले जितेको हो । भारतले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १७ ओभरमा १ सय २१ रन बनाउँदा अलआउट भयो । इङ्ल्यान्डका मोइन […]

मुस्लिम धर्मावलम्बीले बकर ईद मनाउँदै

२६ असार, काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने […]

सात लाख करदाता थपिए

२६ असार, काठमाडौँ – एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् । मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यससँगै […]

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

२६ असार, काठमाडौँ – निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ । ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका समान तत्काल फिर्ता ल्याइदिने […]

जुनसुकै परिस्थितिमा सीमा सुरक्षाको लागि तयार छौँ : प्रधानसेनापति शर्मा

२४ असार, काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सबै पक्ष चनाखो रहनुपर्ने बताउनुभएको छ । सेनाले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयक दुई दिने सेमिनारको हिजो समापन गर्दै प्रधानसेनापति शर्माले सीमा क्षेत्रमा चुनौती बढ्दै गएकाले सबैले चनाखो भएर काम गर्नुपर्ने बताउनुभएको हो । सम्बोधनकै क्रममा प्रधान […]

आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

२४ असार, काठमाडौँ – आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । मौसमविद्ले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना निकाल्दै सावधानी अपनाउन आग्रह गरेका हुन् । मौसमविद् सजिना शाक्यका अनुसार राति प्रदेश(१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको […]

संघीय निजामती ऐनमा अझै झेल

२४ असार, काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा संघीय निजामती सेवा विधेयकको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । यसअघि संसद्मा दर्ता भइसकेको सो विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको थियो । त्यसरी फिर्ता गरिएको विधेयकको मस्यौदा पुनः पुरानै प्रावधान […]

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल भित्रिए

२० असार, काठमाडौं – सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९ दशमलव ३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको […]

नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित

२० असार, काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हराएको हो । नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटियो । ओन्टारियोका लागि भरुण सेहदेवले ५० […]

कात्तिक अन्तिममा चुनाव गर्ने गरी सरकारलाई प्रस्ताव गर्ने आयोगको तयारी

२० असार, काठमाडौँ – निर्वाचन आयोगले कात्तिकको अन्तिममा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव गर्नेगरी सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ । केही दिनमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने आयोगले तयारी गरेको हो । चुनावको लागि कात्तिक ३० गतेको मिति उपयुक्त हुन सक्ने आयोग स्रोतले जनाएको छ । यसअघि दुई चरणमा चुनाव […]