समाचार
अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढीले वृद्धि
१२ असार, काठमाडौँ – नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तीन वर्षयता अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढी बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको वैशाखमा तीन दशमलव ६५ प्रतिशत रहेको मूल्य वृद्धि २०७९ वैशाख महिनामा सात दशमलव ८७ प्रतिशत पुगेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मूल्य वृद्धि ६।५ प्रतिशतमा सीमित गर्ने लक्ष्य […]
बिहे गर्ने उमेर घटाउने मन्त्रीको प्रस्तावमा सांसदहरुको असहमति
५ असार, काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउने प्रस्तावमा सांसदहरुले असहमति जनाएका छन् । आइतबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा अधिकांश सांसदहरुले यथावत उमेर घटाउन नमिल्ने बताएका हुन् । एमाले सांसद् विमला विश्वकर्माले अपराधलाई कानुनी मान्यता दिनेतर्फ सरकार अग्रसर रहेको आरोप लगाइन् । उनले […]
जब पटनाबाट दिल्लीका लागि उडेको स्पाइसजेटको विमानमा चरा ठोक्कियो….
५ असार, एजेन्सी – छिमेकी राष्ट्र भारतको विहार राज्यको राजधानी पटनामा स्पाइसजेटको विमान आपतकालीन अवतरण गराइएको छ । आइतबार स्पाइसजेटको विमान नम्बर ७२३ सकुशल अवतरण गराइएको हो । उक्त विमान पटनाबाट दिल्लीका लागि उडेको थियो । उडान भर्ने बित्तिकै विमानको इन्जिनमा प्राविधिक खराबी देखिएपछि आपतकालीन अवतरण गरिएको हो । उक्त उडानमा रहेका सबै १८५ यात्रु […]
नेप्से परिसूचकमा जारी पहिरो रोकिएन
५ असार, काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर एक हजार ९३४.११ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ मा ओर्लेको […]
शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’
५ असार, काठमाडौँ – कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा आएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गर्नु भएको हो । कार्यक्रममा बोल्दै कवयित्री शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर सो कविता संग्रह रचना गरिएको बताउनु भयो । कविता संग्रहमा प्रेम, प्रकृति […]
जनकपुरधामका उपमेयरमाथि जुत्ता प्रहार र हातपात
५ असार, जनकपुरधाम – जनकपुरधाम उपमहानगरका उपमेयर किशोरी साहमाथि एक समूहले जुत्ता प्रहार र हातपात गरेको छ । अतिक्रमण गरिएको जग्गा खाली गराउन चासो नदेखाएको भन्दै जनकपुरधाम(२३ बेलाका स्थानीयले उपमेयर साहमाथि जुत्ता प्रहार र हातपात गरेका हुन् । एक कर्मचारीका अनुसार केही मानिस ज्ञापनपत्र बुझाउन भन्दै आएका थिए । उनीहरू नै उपमेयर साहमाथि जाइलागे । […]
अशक्तलाई घरमै नागरिकता
३ असार, रामेछाप – नागरिकता प्रमाण पत्रका लागि सदरमुकाम मन्थलीको जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने अशक्तलाई घरमै पुगेर नागरिकता प्रमाण पत्र हस्तान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिका ५ निवासी ओमवहादुर श्रेष्ठलाई शुक्रबार उनकै घर पुगेर नागरिकता प्रमाण पत्र हस्तान्तरण गरेको हो । वडा कार्यालयले सवै कागजात सहित जिल्ला प्रशासनमा निवेदन गरेको […]
एमाले जनप्रतिनिधिका २० बुँदे सङ्कल्प: ‘हामी सेवक हुन्छौँ’
३ असार, काठमाडौँ – नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजो बिहीवार र आज शुक्रवार भएको प्रशिक्षणपछि २० बुँदे सङ्कल्प जारी गर्दै पारित गरिएको हो । सङ्कल्पमा ‘हामी शासक होइन जनताको सेवक हुनेछौँदेखि सरकारी गाडी, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले […]
मङ्कीपक्स आशङ्का गरिएका पुरुषमा कुष्ठ रोग पुष्टि
३ असार, काठमाडौँ – मङ्कीपक्स आशङ्कामा काठमाण्डौको टेकु अस्पतालमा भर्ना भएका पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । हिजो बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स पुष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । हिजो र आज शुक्रवार प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट मङ्कीपक्स नभएको पुष्टि गरिएको छ […]
‘जुनियर आइडल वर्ल्ड’ मा भाग लिएर फर्कियो मोहना नेतृत्वको टिम
३ असार,काठमाडौं – मर्निङ ग्लोरी इन्टरटेनमेन्ट म्यानेजिङ डाइरेक्टर मोहना मोथे खनालको नेतृत्वमा ‘जुनियर आइडल वर्ल्ड’ मा सहभागी हुन थाइल्याण्ड पुगेको टिम नेपाल फर्किएको छ । जुन ८ देखि जुन १३ सम्म थाइल्याण्डमा भएको ‘जुनियर आइडल वर्ल्ड’ मा सहभागी हुन उक्त टिम थाइल्याण्ड पुगेको हो । जसमा विश्वभरका १२ वटा देश सहभागी भएको थियो । नेपालबाट […]



