Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आज देशभर १ सय ७ जना कोरोना मुक्त, कति नयाँ संक्रमित थपिए ?

संक्रमणको दर घट्दै गएपनि सरकारले स्वास्थ्य सम्बन्धी सजगता अपनाउन आग्रह

काठमाडौं, ९ श्रावन
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो यो सँगै हाल सम्म निको हुनेहरुको कुल संख्या १२ हजार ९ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ८७ नमुना मध्य १ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
संक्रमणको दर घट्दै गएपनि सरकारले स्वास्थ्य सम्बन्धी सजगता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सरकारले भेला सभा सम्मेलन जस्ता गतिविधि नगर्न र कारोना जोखिमबाट बच्न स्वास्थ्य सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न आग्रह गरेको हो ।
आज शुक्रबार कहाँ कति थपिए सक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ३१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै झापामा २५ जना, काठमाडौंमा १० जना, दैलेख र कैलालीमा ८/८ जना, सप्तरीमा ७ जना, सुनसरी र कास्कीमा ५/५ जना तथा दाङ, नवलपुर र रुपन्देहीमा ४/४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लमजुङका ३ जनामा, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २/२ जनामा तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३ सस ७४ पुगेको छ । उनीहरुमध्ये ९ सय ४७ जना निको भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE