Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो

१७ मंसिर
काठमाडौं –
सुनको भाउ आज फेरि बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ पुगेको छ ।

हिजो (मंगलबार) पनि तोलामा ५ सय रूपैयाँले बढेर ९० हजार ५ सयमा कारोबार भएको थियो ।

त्यसैगरी मंगलबार प्रतितोला ९० हजार ५० रूपैयाँमा कारोवार भएको तेजाबी सुनको मूल्य आज ९० हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।

यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE