खुमलटारमा प्रचण्ड र गौतमबीच छलफल
११ पुष ।
काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच खुमलटारमा भेटवार्ता भएको छ ।
नेता वामदेव गौतम नेकपाको दाहाल(नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेका हुन् । शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र गौतमबीच भेटवार्ता भएको खुमलटार स्रोतले जनाएको छ।
सत्तारुढ नेकपाको विभाजनपछि कतै पनि नखुलेका नेता गौतम केही समय गफिएर फर्किएका छन् । पार्टी विभाजनपछि कतै पनि नगएका गौतम किन खुमलटार पुगे भन्नेबारेमा केही खुलेको छैन ।
पार्टी विभाजनपछि दुवै समूहमा नलागेका गौतमले केही दिनअघि माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटमा आफूले केही समय सोचेर मात्रै निर्णय लिने बताएका थिए।
आजको भेटमा पनि गौतमलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरे पनि उपाध्यक्ष गौतमले यसबारे कुनै जवाफ नदिएको खुमलटारस्रोतले बताएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE