मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
२५ जेठ, काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् ।
प्रदेशसभा सचिवालयका अनुसार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रस्ताव राख्नेछन् ।
भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।
मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको प्रदेशसभाले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE