लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी र न्यू स्मार्ट सिटिद्वारा विपन्नलाई सहयोग
२५ जेठ, काठमाडौं -कोभिड-१९ को नयाँ भेरियन्टको महामारीले मानव जीवनलाई चुनौती दिइरहेको छ । यो महामारीले लाखौँ मानिसहरुले ज्यान गुमाई सकेका छन् । नेपालमा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि सर्वसाधारणको दिनाचार्य प्रभावित भएको छ ।
माहामारीका र निषेधाज्ञाका कारण मारमा परेका विपन्नहरुको राहतका लागि नेपाल तरुण दलका केन्द्रीय सदस्य, समाजसेवी तथा युवा व्यावसायी सैलेश श्रेष्ठले २० हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ । श्रेष्ठले लायन्स फुडबैंक अन्तर्गत नि:शुल्क भोजन तथा सुत्केरी, वृद्ध बृद्धा, अपांगता भयका हरुको लागि केही राहत होस् भनि यो सहयोग गरेको बताउनु भएको छ । उहाँले भोलिका दिनहरुमा पनि सक्दो सहयोग गर्न आफुहरु लागि पर्ने बताउनु भयो ।

लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी र न्यू स्मार्ट सिटिको संयुक्त आयोजना फुडबैक मात्र नभएर औषधि बैंक पनि सञ्चालनमा छ । निशुल्क भोजन सेवा, खाध्यन्न बितरण तथा गाउँ गाउँमा स्वास्थ सामाग्री समेत पुर्याइरहेको न्यू स्मार्ट सिटिकी प्रेसिडेन्ट तथा सामाजिक अभियान्ता संगीता शर्माले बताउनु भयो।
यस अभियानमा लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटिका चार्टर प्रेसिडेन्ट तथा रिजन चियरपर्सन लायन इन्द्र बहादुर कार्की, ग्रीनसिटिका कोषाध्यक्ष तथा पर्यटन व्यवसायी राजेन्द्र भट्ट, लायन्स क्लब अफ काठमाडौ न्यू स्मार्ट सिटिका चार्टर्ड प्रेसिडेन्ट तथा सामाजिक अभियान्ता संगीता शर्मा, स्मार्ट सिटिका प्रथम उपाध्यक्ष तथा युवा व्यावसायी यम प्रसाद श्रेष्ठ, स्मार्टसिटि कोशाध्यक्ष नमुना श्रेष्ठ, हिरा कुमारी श्रेष्ठ तथा धुर्व प्रसाईंको संयुक्त सभागिता रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE