Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

गण्डकी प्रदेशसभाका मुख्यमन्त्री गुरुङद्वारा विश्वासको मत माग, प्रदेशसभा बैठक जारी

गण्डकी प्रदेशसभाका मुख्यमन्त्री गुरुङद्वारा विश्वासको मत माग, प्रदेशसभा बैठक जारी

२७ जेठ, काठमाडौं– गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाको पूर्णकार्यकाल र संघीयताको सबलीकरणका लागि विश्वासको मत माग गर्नुभएको हो ।

विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले, ‘कहिलेकाहीँ राजनीति तरल बन्छ । यतिबेला सबै संयम हुनुपर्छ । म प्रदेशसभा पूर्णकार्यकाल चलोस् र संघीयता सबल होस् भन्ने चाहन्छु । यसप्रति प्रदेशसभा सदस्यहरुले विचार गर्नुहुने विश्वास लिएको छु’, भन्नुभयो ।

मुख्यमन्त्री गुरुङले आफूले जनअपेक्षा अनुसार काम गरेको बताउँदै सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE