अवैध लागूऔषधसहित तीन जना पक्राउ
अवैध लागूऔषधसहित तीन जना पक्राउ
३ जेठ, काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई हेटौंडा–११ थानाभर्याङस्थित सडकबाट ना.१ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको १ सय ४३ किलोग्राम ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनक बहादुर तामाङ, गाडीका सह–चालक सोही नगरपालिका–८ मानेश्वरा बस्ने २४ वर्षीय सोमे तामाङ र गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ गल्छराङ बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा उक्त कन्टेनर गाडीमा लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्दा गाडीमा चालक बस्ने सिट पछाडि फल्स बटम बनाई १२ वटा पोकामा अवैध लागूऔषध गाँजा फेला पारेको हो । गाँजा र गाडी सहित फेला पारेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE