Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

म अर्थात म

जिवन जिउने सबैको आफ्नो आफ्नै तरिका हुन्छ । जो कसैले पनि यो रङ्गमञ्च नामी दुनियाँमा आफ्नो नाच सर्वोकृष्ट देखाउने हर प्रयत्न गरेको नै हुन्छन् । मान्छेले जिवनलाई धेरै किसिमका परिभाषहरु दिएका छन् । कसैले केही त कसै केही । तर वास्तवमा जिविकोपार्जन गर्ने हर मानवको आफ्नो आफनो तरिका हुन्छन् । मेरो विचारमा जिवन जिउन बाच्न र आफ्नो कर्तब्य पुरा गर्न यो एक अक्षर नै काफी छ । अरुको भर साहारा माया दया जति नै भए पनि आफ्नो लागि आफै जे कुरा नि कर्तब्य परक ढंगले गर्न जानेको हुञ्छ यही एक अक्षरले ।

म आफुको हुँ म भन्दा बढी कसलाई थाहा हुन्छ र अरुलाई थाहा हुने त केवल बाहिरी आवरण मात्र हो । हामी मानव जातीहरु स्वभावले आफ्नो भन्दा बढी अरु मानिसहरुको आवरणमा ध्यान दिन्छौँ । मान्छेहरूको स्वभाव कस्तो छ भने अरुको जीवनलाई पनि आफ्नो तरिकाले व्याख्या गरिदिन्छौँ । मानौँ अरुको जीवनलाई बुट्टा भर्ने काम हामीहरुले नै जागिर नै खाईदिएका छौँ झैँ गरिदिन्छौँ । रङ्ग र मसीहरू आफ्नै मर्जीले थपिदिन्छौँ । मानवीय स्वभावलाई लगेर हामी चरित्रसँग जोडिदिन्छौँ आखिरमा आफ्नो स्वभाव कस्तो छ भन्ने कुरा न त बाहिरी आवरणमा लेखिएका हुन्छन् न त निधारमा । त्यो त आफु बाहेक कसलाई थाहा कुरो त पक्कै भएन होला ।

सानो बेलामा जब हर कोहीले सरस्वती सिक्न थाल्छ अथवा कखरा सिक्न, बुझ्न र लेख्न थाल्छ सो समय देखि नै मानिसलाई राम्रो म भनेर नै सिकाईन्छ । तर पनि मानिसहरु अरुको बढ्याई गर्न वा कुरा काट्न कहिल्यै छाड्दैनन् । मलाई त्यही छाप परेर पनि होला म आफुले आफुलाई राम्रो म भन्न कहिले छोडिन र कहिले त्यो भान हुनबाट टाढा पनि गईँन ।

अरुको नजरमा म जे जस्तो सुकै भए पनि आफ्नो ठाउँ मा ठिकै हुन्छु अरु ले हेर्ने नजरमा इस्तर तोकिएता काम दाम अथवा अरु कुनै ढंग ले तर पनि म भनेको म नै हुन्छु ति त सब हेर्ने नजरिया मात्र हो हेर्ने ले त सगरमाथाको टुप्पो बाट हेर्दा नि म आखिर म नै हुन्छु उनीहरु को हेर्ने तरिका फरक हुन सक्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE