Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

राजतन्त्र पूनःस्थापनाका लगि राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनको माग

१० असोज
काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनले देशका विद्यमान समस्याहरुको समाधान गर्न वर्तमान संविधानले नसक्ने जनाएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनले यस्तो बताएको हो । गठवन्धनले विज्ञप्तीमा लेखेको छ, पञ्चशिलको सिद्धान्तमा आधारित रही परराष्ट्र नीतिलाई अवलम्बन गरी परम्परा देखि रही आएको पारस्परिक सहयोग र सदभावको सम्बन्धलाई विस्तार एवं सुढृढ गर्न तथा वर्तमान अवस्थामा मित्र राष्ट्रहरु सितको चिसिएको सम्बन्ध तथा कालापानी, लिपुलेक, लिम्पीयाधुरा जस्ता अहम विषयहरुको वर्तमान संविधान, २०७२ ले समस्या समाधान गर्न सक्दैन भन्ने राष्ट्रिय प्रजातान्त्रिक गठवन्धन (एनडिए) को अन्तीम ठहर हो ।’

गठबन्धनले वर्तमान सरकारले लिपुलेक, लिम्पीयाधुराका लागि सुरक्षा दिन नेपाली सेनालाई उक्त भु–भागको रक्षार्थ र खटाई नेपाली जनतालाई हाम्रो भूमीको रक्षा भईरहेको छ भन्ने अनुभति दिलाउन नसकेको पनि आरोप लगाएको छ । उसले भनेको छ,‘तसर्थ जुन संविधानलाई फ्याकेर विदेशीको आडमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ल्याइयो अब सोही संविधान २०४७ को विकल्प नदेखिएको हुंदा २०४७ को संविधानलाई स्थापित गर्न सम्पूर्ण राजावादी, राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी संघ÷संस्था पार्टी, वुद्धिजिवी, श्रमजिवी, पत्रकार, किसान, यातायात व्यवसायी, उद्योगपति, सन्त, महन्त, हिन्दू–अधिराज्यवादीहरु सम्पूर्ण जन–समुदायलाई एकतावद्ध भई अगाडी बढ्नको लागि आव्हान गर्दछौं ।’

गठबन्धनका संयोजक किशोरी महतोले २०६२/०६३ को जनआन्दोलनको उपज कथित गणतन्त्रको आगमन भएको र त्यसपछि मुलुकमा दलीय सिन्डीकेटको कोटाबाट २०७२ सालको संविधान सार्वजनिक गरेपछि शान्ति, अमनचयन, विकास निर्माण तथा मित्र राष्ट्रहरुसँगको सदियौं पूरानो प्रगाढ सम्बन्धमाथि कालो बादल मडारिरहेको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान राजनीतिक स्थितिलाई अहिलेको संविधान २०७२ ले र वर्तमान राजनीतिक व्यवस्थाले समाधान गर्न नसक्ने कुराको पुष्टि भैसकेका पनि दाबी गर्नुभयो ।

उहाँले नेपालमा गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको र राजतन्त्र नै सफल भएको स्पष्ट पार्नुभयो । कार्यक्रममा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव तथा गठबन्धनकी सल्लाहकार अस्मिता भण्डारीले अबको जनगणना २०७८ मा दश वटा धर्मको महलहरुमध्येमा यसपटक अन्य भनेर थपिएको र यो हिन्दूवादीहरुलाई कम देखाउने खेलमा विदेशी शक्ति लागेको आरोप समेत लगाउनु भयो । उहाँले यसबारे आम जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पालाई सम्बन्धित पार्टी र सरकारले कारबाही गर्नुपर्ने माग पनि राख्नुभयो । उहाँले यदि पार्टी र सरकारले शेर्पालाई कारबाही नगरे आफूहरुले उनी आवद्ध दललाई बहिष्कार गर्ने चेतावनी पनि दिनुभयो । भण्डारीले राजसंस्था अहिलेको आवश्यकत्ता भएको पनि औंल्याउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE