Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो, जेठ २० पछि केही क्षेत्र खुकुलो

उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो, जेठ २० पछि केही क्षेत्र खुकुलो

१९ जेठ, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइने भएको हो । उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सीडीओहरुको बैठकले जारी निषेधाज्ञा जेठ मसान्त सम्मलाई लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा यसअघि थपिएको निशेधाज्ञाको अवधि जेठ २० गते सकिँदैछ । जेठ १४ बाट थप गरिएको निषेधाज्ञामा सो आदेशलाई कडाइ गर्दै किराना पसल र डिपार्टमेन्ट स्टोरसमेत बन्द गरिएको थियो ।

तर, अहिले थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्ट स्टोर भने खोल्न दिने निर्णय भएको छ । किराना र डिपार्टमेन्ट स्टोरलाई बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको एक अधिकारीले बताए ।

यस्तै फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको उनले बताए । साथै विकास निर्माणका काम पनि खुला गरिएको छ । यद्यपि निर्माण सामाग्रीको ढुवानीका लागि भने रातिको समय मात्र दिइएको उनले बताए ।

उनका अनुसार अन्य कार्यका लागि भने यसअघिकै नियम लागू हुने निर्णय भएको छ ।

उपत्यकामा केही खुकुलो बनाइएको निषेधाज्ञा अघिल्लो निषेधाज्ञाको अवधि सकिएपछि मात्र लागू हुनेछ । यसअघि उपत्यकामा जेठ २० गतेसम्मका लागि जारी गरिएको थियो ।

 

Sponsored
Sponsored

WRITE COMMENTS FOR THIS ARTICLE