बेथानमा गाडी दुर्घटना हुँदा ६ जना घाइते
२६ जेठ, रामेछाप – सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा वुधवार प्रदेश ३–०१ ०२४ च ५५५२ नम्वरको सिङ्गल क्याप बलेरो जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका छन् ।
उक्त गाडी सुनापति ४ वेथानको लोप्राङबाट बेथान डहु तर्फ जादै गर्दा लोप्राङको सडकवाट करिव ७० मिटर तल भिरमा खसेको थियो । जीपमा सवार ६ जनाको स्थानिय र वेथान प्रहरी चौकीवाट खटिएका प्रहरीले उद्धार गरेका थिए । हाल सबै घाइतेको वेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार– अहिलेसम्म घाइतेको अवस्था सामान्य रहेको देखिन्छ । घटना भर्खरै मात्र भएकाले घाइतेको उद्धारको काम सकिएको छ । गाडी चालक सुनापती गाउँपालिका वडा नं ४ वेथानको लोप्राङका २२ बर्षिय रामशरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
कोरोना महामारीको समयमा गाउँपालिका भित्र कुनै पनि सवारीसाधन संचालन नगर्न सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सूचनाको वेवास्था गर्दै सवारीसाधन संचालन गर्ने व्यक्तिलाई आवश्यक कारवाही गर्ने सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले बताउनुभएको छ ।
उहाँले भन्नुभयो– वेथानको लोप्राङको सडक सांसद विकास कोषबाट १५ लाख रुपैयाँ खर्चेर भर्खरै मात्र उक्त सडक निमार्ण भएको र सडक फराकिलो हुँदाहुँदै कसरी दुर्घटना भयो । घटनाको बिषयमा गाउँपालिकाले तत्काल छानविन गर्ने अध्यक्ष लामाले बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE