खोपको सुनिश्चितता नगरेसम्म ट्याङ्कर चालकले इन्धन ढुवानी नगर्ने
खोपको सुनिश्चितता नगरेसम्म ट्याङ्कर चालकले इन्धन ढुवानी नगर्ने
३० जेठ, काठमाडौं– खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले संघले जनाएको छ । कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारसँग माग गर्दै संघले ढुवानी नगर्ने जनाएको हो ।
संघले आइतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो । संघले दोस्रो लहरको कोरोना संक्रमणका कारण ट्यांकर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढुवानी नगर्ने बताएका छन् ।
संघका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन आग्रह गरेका छन् ।
तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदासमेत बेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको छ । यसअघि, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE