गठबन्धनमा सिट बाँडफाँट गाँठो अझै फुकेन
काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरेसँगै साउन २० देखि सिट बाँडफाँटको गृहकार्यमा जुटेको सत्ता गठबन्धन झण्डै डेढ महिना बित्न लाग्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।
सिट बाँडफाँटका लागि गठित कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउन नसकेपछि राजनीतिक निर्णय मार्फत टुंगो लगाउने जिम्मा पाएका शीर्ष नेताहरुका बैठक पनि निष्कर्षबिहीन बनिरहेका छन् । दलहरु आ–आफ्नो अडानमा रहेकोले सहमतिको बिन्दु अझै टाढा देखिन्छ ।
सिट बाँडफाँटको निश्चित आधार तय नहुनु र दलहरुले कुल संख्याभन्दा धेरै सिटमा दाबी गरेपछि शीर्ष नेताहरुलाई राजनीतिक सहमति जुटाउन कठिन भएको छ ।
कार्यदलले बुझाएको विश्लेषणात्मक प्रतिवेदनका आधारमा शीर्ष नेतृत्वले सहमति जुटाउन खोजेको छ । तर, धेरै सिट र सुरक्षित क्षेत्र खोज्ने दलहरूको दाउका कारण निरन्तर सहमतिको प्रयास असफल भईरहेको छ ।
दलहरू कसले कुन सिटमा लड्ने भन्ने मात्र नभई अहिलेसम्म कुन दल कति सिटमा लड्ने भन्ने विषयसमेत टुंग्याउन सकेका छैनन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE