Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

नेपालमा लगानी गर्न ग्रीनजो इनर्जी इन्डियाको चासो, हरित हाइड्रोजनलाई चाहिने इलेक्ट्रोलाइजर बजारमा

१३ फागुन, काठमाडौँ–नेपालको हाइड्रोजन सम्भावनालाई साकार बनाउन प्रस्ताव गरेको भारतको ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले अल्कलाइन इलेक्ट्रोलाइजर बजारमा ल्याउन सुरु गरेको छ । शतप्रतिशत भारतमै बनेको प्रविधिलाई उसले व्यवसायीकता प्रदान गरेको हो । मेक इन इन्डिया पहल अन्तर्गत ग्रीनजो इनर्जी इन्डियाले काम जारी राखेको छ । हालैमात्र ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले १ मेगावाट क्षमताको अल्कलाइन इलेक्ट्रोलाइजरको […]

हरित हाइड्रोजनलाई आर्थिक आर्जनको मूलआधार बनाउन नीतिसँगै कानूनी प्रष्टता आवश्यक

९ फागुन, काठमाडौँ –विश्वभर ग्रीन हाइड्रोजन उत्पादनको लहर चलेका बेला सरकारले नीति ल्याएर वैकल्पिक उर्जा उत्पादन र निर्यातको ढोका खोलेको छ । विभिन्न अध्ययन अनुसन्धानले हाइड्रोजनका लागि आवश्यक पर्ने पानी र बिजुली नेपालमा पर्याप्त भएकाले यसको उत्पादन सम्भाव्यता उच्च छ । प्रारम्भीक अध्ययनले वर्षायाममा बचत हुने बिजुलीबाट मात्रै ३ लाख ५० हजार मेट्रिक टन हाइड्रोजन […]

राजसंस्थाको मागसहित काठमाडौँमा राप्रपाको प्रदर्शन

९ फागुन, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै काठमाडौँमा प्रदर्शन गरेको छ । प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग […]

बाल श्रम अन्त्यका तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान

९ फागुन, काठमाडौँ-विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौँमा आयोजना भएको बालश्रम अन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहु आयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले व्यापक छलफल गरेको थियो । सीएसओज फोरम अनएसटिजी८.७ नेटवर्कले संयोजन गरेको उक्त प्यानलमा बोल्दै अधिकारकर्मी मिलन धरेलले […]

५ करोड रुपैयाँको लागतमा १ मेगावाट सौर्य उर्जा, विद्युत प्राधिकरणको खरिद नीतिले फाइदा

२५ माघ, काठमाडौँ-१० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा मात्र बेच्ने लक्ष्य बोकेको सरकारले सौर्य उर्जालाई पनि प्राथमिकतामा राखेको छ । यसका लागि सहज बनाउन विद्युत प्राधिकरणले २ वर्षअघि अर्थात २०७८ माघमा नै प्रतियुनिट अधिकतम ५ रुपैयाँ ९४ पैसामा सौर्य उर्जा विद्युत खरिद सम्झौता पीपीए कायम गरेको थियो । त्यही आधारमा १ सय मेगावाटका लागि […]

तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते

१२ माघ, काठमाडौँ – धादिङमा तीन वटा मोटरसाइक आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मालिंगामा बिहीबार राति साढे ९ बजे काठमाडौंबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०२-००३ प ६२०१, बा ८३ प ८९६० नम्बरको मोटरसाइकलसँग बिपरित दिशाबाट आउदै गरेको बा ७४ प ८५५९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा […]

थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

१२ माघ, काठमाडौं – लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरवल यादवलाई पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर […]

सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामै राख्न आदेश

१२ माघ, काठमाडौँ – उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाण्डौको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले हिजो जिल्ला अदालतकै आदेश सदर गरेको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा […]

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

१२ माघ, काठमाडौँ – शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजपनि सोही कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ […]

जाडो मौसममा मरीच सेवन गर्नुका फाइदै फाइदा

१२ माघ, काठमाडौँ – अहिलेको चिसो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन् । जाडो याममा चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ । यस्ता छन् जाडोमा मरीच खानुका फाइदा: – मरीचको सेवनले पेटको दुखाई कम गर्छ साथै यसमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । – […]