Author: Sawal Media
सर्वोच्च अदालतका मुद्दाको सुनुवाइ स्थगित
सर्वोच्च अदालतले आजका लागि तोकिएका मुद्दाहरूको पेशी अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । अदालतले आज जारी गरेको सूचनामा उल्लेख भएअनुसार भदौ २४ गतेका लागि तोकिएका मुद्दाहरूको पेशी हाललाई स्थगित गरिएको हो । यस्तै भोलीदेखिका पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । सर्वोच्च अदालतले यसबाट सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति […]
पर्यटन क्षेत्र कठिन परिस्थितिमा, पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल
काठमाडौँ। पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन् । “जेनजीका मागहरु सम्बोधन गर्न […]
लुटपाटमा संलग्न २६ जना पक्राउ
काठमाडौँ। नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच […]
जेन–जीसँग आज जंगी अड्डामा औपचारिक वार्ताको तयारी
काठमाडौं । जेन–जी पुस्तासँग वार्ता गरी देशको असहज परिस्थिति साम्य पार्न नेपाली सेनाले आज जेन–जीका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ । जेन–जीको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ । नेपाली सेनाको समन्वयमा सैनिक मुख्यालय जंगीअड्डामा आज जेन–जी प्रतिनिधिहरुसँग औपचारिक छलफल हुने लागेको हो । गएराति पनि जेनजी प्रतिनिधिसँग […]
देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपील
नेपालमा शान्ति सुरक्षा कायम राख्न देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरिएको छ। आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अपराध नियन्त्रणमा सहयोग गर्न सेनाको अपील छ। सेनाले तोडफोड, आगजनी, लुटपाट र हिंसात्मक गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। काठमाडौँ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा […]
प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी
काठमाडौँ-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरु छिरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघिमात्रै पदबाट राजीनामा दिएका थिए ।
संयमित रहन जेनजीलाई बालेनको आह्वान
काठमाडौँ-काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् । मंगलबार काठमाडौँ महानगरका मेयर बालेन साहले फेसबुकमा लेख्दै भनेका छन्,हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त न्भल श् को आन्दोलन हो । प्रिय न्भल श्, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ११ देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको […]
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत
काठमाडौा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताउनुभयो । जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट राजीनामा दिनुभएको हो ।
सरकारद्धारा अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य भयो : शान्ति समाज
मानवअधिकार तथा शान्ति समाजले भ्रष्टाचारको विरोध र सरकारको स्वेच्छाचारीविरुद्धको विरोध प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य भएको निष्कर्ष निकालेको छ । सरकारले नैतिक वैधानिकता गुमाएको भन्दै सरकाकारको क्ररता लोकतान्त्रिक हुन नसक्ने बताएको हो । जेनजी नाममा भएको प्रदर्शनमा प्रहरीले गोली हानी १४ जनाको मृत्यु र दर्जनौं घाइते भएको छ। जेनजी पुस्ताले […]
सुदूरपश्चिममा गौरा पर्व सुरु
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा […]



