Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सांस्कृतिक र वातावरणीय महत्त्वलाई दीर्घकालीन रूपमा सुरक्षित राख्ने उद्देश्यले सर्वोच्च अदालतले चारबुँदे परमादेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलाशले बुधबार दिएको आदेशअनुसार लुम्बिनी क्षेत्र वरिपरिको १५ किलोमीटरभित्र रहेका प्रदूषण उत्सर्जन गर्ने उद्योग दुई वर्षभित्र बन्द वा स्थानान्तरण […]

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

रमेश कुमार बोहोरा नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक दृष्टिले अपरिहार्य निर्णय हो भन्ने पक्षधरहरू छन् भने अर्कातिर यसले मिडियाको आम्दानीका स्रोतलाई थिचेर अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक टिकाउपनामा चुनौती खडा गरेको छ भन्ने मिडिया क्षेत्रका प्रतिनिधिहरूको दृष्टिकोण छ । खासगरी विज्ञापनमा […]

आज विश्व ताल दिवस, पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल रहेको संयुक्त राष्ट्रसङ्घको दाबी

काठमाडौँ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ बुधबार विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य […]

बुवाको मुख हेर्ने दिन : स्मृतिमा मात्र बाँचेका मेरा बुवा !

दुर्गा भण्डारी बुबा अर्थात बाबा । सन्तानका लागि यो शब्द कति प्रिय र मूल्यवान् छ ? शब्दमा व्याख्या गर्न नै नसकिने  शब्द । मायाको प्रतीक, नायक, त्यागको मूर्तिको रुपमा लिइने बुबा केबल एउटा शब्द मात्र होइन, यो सत्य हो अनि यो एउटा शक्ति पनि हो । योसँग हरेक सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको हुन्छ […]

सिरहामा घुमुवा आतंक: सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी, सई गौतम नेतृत्वको गिरोहको पर्दाफास

✍️ दिनेश सहनी २५ असार,जनकपुरधाम सिरहाको सीमा क्षेत्रमा सक्रिय सशस्त्र प्रहरी बल नेपालका घुमुवा टोलीहरू तस्करीको मुख्य संरक्षकको रूपमा उभिएको खुलासा भएको छ। विशेष गरी सीमा सुरक्षा सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाका सशस्त्र प्रहरी सई (सशस्त्र प्रहरी नायब निरीक्षक) विष्णु प्रसाद गौतमको नेतृत्वमा कार्यरत घुमुवा टोलीमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। उनीहरु […]

विराटनगरका पोखरेलमाथि सम्पत्ति सुद्धीकरणको नजर, कन्सल्टेन्सीको आवरणमा ठगी धन्दाको आरोप !

काठमाडौं – मोरङको विराटनगरस्थित हिमगुण कन्सल्टेन्सीका सञ्चालक विराटनरका कृष्णहरी पोखरेलले ऋण तिरिदिने बहानामा करोडौंको सम्पत्ति हत्याएको भन्दै पीडितहरु न्यायका लागि हारगुहार गरिरहेका छन् । सिमित ऋण तिरिदिएर विराटनगर र झापास्थित दमकस्थित मुख्य बजारकै घर जग्गा हत्याएपछि घर न घाटको अवस्थामा पुगेका पीडितहरु न्यायको खोजीमा लागेका हुन् । मोरङको विराटनगर महानगरपालिकाका–११ जनपथ टोल कान्छा दाई मार्गको […]

सम्झौता कार्यान्वयनमा सरकार ईमानदारी रहनेमा देशभरिका शिक्षक विश्वस्त : अध्यक्ष सुवेदी

काठमाडौं ।  नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारले शिक्षकहरुसंग गरेको सम्झौता कार्यान्वयनमा ईमानदारी कायम राख्नेमा शिक्षक महासंघ विश्वस्त रहेको बताएका छन् । नेपाल शिक्षक संघ , काठमाडौं महानगर समितिले जेठ ९ गते काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले आफूलाई सरकार प्रती पूर्ण भरोसा भएको बताएका हुन् । शिक्षकहरुले भद्र आन्दोलनमार्फत […]

कर्णाली एजुकेशन एक्स्पो–२०२५’ सम्पन्न, व्यवहारिक र सीपमूलक शिक्षाको माग

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर, सुर्खेतमा  ‘कर्णाली एजुकेशन एक्स्पो (सिजन वान)’  सम्पन्न भएको छ।  एक्स्पोमा कर्णालीको समग्र शैक्षिक अवस्थामाथि बहुआयामिक छलफल र विचार–मन्थन गरिएको थियो। एक्स्पोमा मन्त्री, सचिव, विज्ञ, अन्तर्राष्ट्रिय तथा स्थानीय संघ–संस्थाका प्रतिनिधि गरी १३ जना प्यानलिस्टबीच विभिन्न सत्रमा गहन बहस गरिएको थियो। शैक्षिक सुधारका लागि शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको निष्कर्ष निकालिएको […]

सरकारी कार्यालयको साइनबोर्डमा ‘आइ लभ यु प्रमिला’

१७ चैत, काठमाडौँ-रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्डमा ‘आइ लभ यु प्रमिला’ लेखिएको छ । कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर  ‘i love u parmila, i really love you’ लेखिएको छ । नगरपालिकाले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको जनाएको छ । नगरपालिका स्रोतले ह्याकरले डिजिटन साइनबोर्ड ह्याक गरेर यस्तो लेखेको […]

वर्तमान राजनीतिक अस्थिरता: तन्त्रहरुको चपेटामा जनता, आशा सुनौलो विहानीको !

नेपालले विभिन्न राजनीतिक आन्दोलनहरू पार गर्दै संघीय गणतान्त्रिक प्रणालीलाई अपनाइसकेको छ। २००७ सालको क्रान्ति, २०४६ को जनआन्दोलन, २०५२ को सशस्त्र विद्रोह, र २०६२/६३ को जनआन्दोलनको परिणामस्वरूप अहिलेको व्यवस्था स्थापित भएको हो। तथापि, अपेक्षित स्थायित्व र समृद्धि हासिल गर्न नसक्दा जनगुनासो तथा असन्तुष्टि बढ्दो छ। यही असन्तुष्टिले गर्दा मुलुक पुनः राजनीतिक अस्थिरताको चपेटामा परेको छ, जहाँ […]