Author: Sawal Media
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, २ घाइते
२७ मंसिर, जाजरकोट-जाजरकोटको नलगाड नगरपालिका–३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजार बाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधबार राती ९ बजे दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि नलगाड नगरपालिका–३ करुवाका ३१ […]
आजको तस्वीर: दुई एन्टेना ग्यालेक्सीहरू टकराउँदै
२१ मंसिर, काठमाडौँ-आजको तस्वीरमा हामीले ब्रह्माण्डको तस्वीर लिएका छौँ । यो नासाले खिचेको तस्वीर हो । तस्वीरका बारेमाः दुई एन्टेना ग्यालेक्सीहरू टकराउँदै। युनिभर्सिटी अफ साउथह्याम्प्टनका वैज्ञानिकहरूले ग्यालेक्सीहरू सँगै ठोक्किएर विशाल अण्डाकार आकाशगंगाहरू सिर्जना गरेको विश्वास गर्छन्।
गणतन्त्र कोरियाद्वारा बाढी प्रभावित क्षेत्रमा सहयोग हस्तान्तरण
२१ मंसिर, काठमाडौँ-गणतन्त्र कोरियाली राजदूतावास र युनिसेफ नेपालको समन्वयमा गत नोभेम्बर २९ मा काभ्रेपलाञ्चोक जिल्लाको बाढी तथा पहिरो प्रभावित क्षेत्रका लागि सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कोरियाली राजदूत पार्क थेयङ र युनिसेफका नेपाल प्रतिनिधिले प्रभावित समुदायलाई आवश्यक सामग्री वितरण गरेका थिए। यस सहयोग कार्यक्रम अन्तर्गत कोरियाली सरकारद्वारा युनिसेफको सहकार्यमा स्वास्थ्य सामग्री, बालमैत्री केन्द्र […]
डोटेल माविमा राजनीतिक हस्तक्षेप र पदको दुरुपयोगले शिक्षामा समस्या
मंसिर १८, सिरहा: धनगढीमाई नगरपालिकाको डोटेल माध्यमिक विद्यालयमा राजनीतिक हस्तक्षेप र पदको दुरुपयोगले शिक्षामा गम्भीर समस्या उत्पन्न भएको छ। शिक्षकहरूले आफ्नो पेशागत मर्यादा विपरीत तल्लो पदका व्यक्तिबाट निर्देशन लिनु परेको गुनासो गरेका छन्, जसले उनीहरूको मनोवैज्ञानिक स्वास्थ्य र पेशागत प्रेरणामा नकारात्मक प्रभाव पारेको छ। शिक्षकहरूको भनाइ विद्यालयका एक शिक्षकले नाम नबताउने शर्तमा भने, “हामी इमानदारीपूर्वक […]
सह्रुदयता अन्तर्राष्ट्रिय ईजराईलको अध्यक्षमा अनिश खतिवडा निर्वाचित
काठमाडौँ । विज्ञान प्रविधिको प्रगति ,धर्मको विवेक र सह्रुदयताको सम्बन्धलाइ आत्मसात् गरेर गठन भएको सहृदयता अन्तर्राष्ट्रिय ईजराईलको अध्यक्षमा अनिश खतिवडा निर्वाचित भएका छन् । सन् २०१८ देखी ईजराइलमा सक्रिय रहेका उनी आइतबार अध्यक्ष पदमा चुनिएका हुन् । सामाजिक कार्यहरु गर्नु, सह्रुदयी समाजको निर्माण गर्नु, पुर्वीय दर्शक र बाङ्मयको प्रचार प्रसार गर्नु यसको मुल उद्देश्य हो। […]
सिरहाको माड़र भन्सारमा विषादी परीक्षण बिनै तरकारी तस्करी, प्रहरी प्रसाशन तथा ट्राफिक प्रहरीको लापरबाहीले उब्जायो गम्भीर प्रश्न
सिरहा, मंसिर १६ गते। सिरहा जिल्लाको माड़र भन्सार कार्यालयमा विषादी परीक्षण बिनै भारतबाट आलु, प्याज तथा हरियो तरकारी तस्करी भइरहेको खुलासा भएको छ। कृषि क्वारेन्टाइन नहुँदा भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा नियम विपरीत तरिकाले तरकारी भित्र्याउने कार्यले मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको सरोकारवालाहरुले बताएका छन्। भन्सार कार्यालयका प्रमुख तोयानाथ सापकोटाले घर प्रयोजनको नाममा भन्सार काटेर सामान […]
जागिर खाँदै इन्जिनियर बन्नेहरूका लागि नेक विडिएच
काठमाडौं । एसईई उत्तिर्ण गरेपछि तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेर जागिर खाइरहेकाहरुलाई त्यसभन्दा माथिको उच्च शिक्षा हासिल गर्न सहज हुँदैन । दैनिक ६ घण्टा हप्ताको ६ दिन कलेज धाएर पढ्नुपर्ने बाध्यताले गर्दापनि डिप्लोमा होल्डर्सहरुमा आफ्नो पढाईको चाहना मनमै दवाएर राख्नुपर्ने परिस्थिति छ । […]
धुलिखेल नगरपालिका एशियाको दोस्रो स्वस्थ शहर भएको डब्ल्यूएचओको घोषणा
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो र एशियाको दोस्रो स्वस्थ शहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एशियाको दोस्रो स्वस्थ शहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा. सुभाजी गुडले हिजो नेपालको पहिलो स्वस्थ शहर र एशियाको […]
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला
काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजनाको विवरणसहित आवेदन दिन आग्रह गरेको छ । उद्यमीले कर्जाका लागि २१ […]
राणाकालीन विद्यालयको दर्दनाक अवस्था
भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको हो । सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा गर्दा इतिहास लोप हुने अवस्थामा […]



