Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

प्रचण्ड-नेपालको गोयवल्स शैलीको षडयन्त्र सफल हुदैन : रामबहादुर थापा

८ फागुन  विराटनगर गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति उनीहरुको आतंकित र भयभित मानसिकताको उपज भएको बताएका छन् । नेकपा प्रदेश १ कमिटीले शनिवार मोरङको विराटनगरमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मन्त्री थापाले प्रचण्ड नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाएको […]

प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ : सुवास नेम्वाङ

८ फागुन विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी ओलीले महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् । शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीज्यूको सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउ–सुनाउ झै अनुहार थियो तर विमानस्थलमा भनिहाल्नुभएन,’ उनले भने, ‘यो भव्य सभामा […]

सबै तयार भएर बसौँ, वैशाखमा चुनाव हुन्छ : उपप्रधानमन्त्री पोखरेल

८ फागुन काठमाडौँ उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् […]

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

८ फागुन विराटनगर – नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा नाराबाजी भएको छ । प्रम ओली विराटनगर पुगेलगत्तै प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयरपोर्टमा ओलिएपछि विद्यार्थीहरुले उनीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । शनिबार आफ्नो समूहको शक्ति प्रदर्शन र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् ।

प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि केपी समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

८ फागुन, काठमाडौं – पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् । प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भन्नि,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दुई समूहमा विभाजित भएपछि […]

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुले काठमाडौँमा टायर बाले

६, फाल्गुन काठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार बिहान काठमाडौंमा प्रदर्शन गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए । अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध बिहीबार देशभरका क्याम्पसमा […]

अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च पुगे प्रधानमन्त्री ओली

६ फाल्गुन काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुग्नु भएको छ । उहाँ बिहीबार बिहान सर्वोच्च पुग्नुभएको हो । प्रधानमन्त्री ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझ्नुभएको थियो । अदालतको अवहेलना गरेको भन्दैओलीविरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ […]

आँखै अगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ : प्रचण्ड

१ फागुन काठमाडौं – ‘आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ,’ जनयुद्धकालीन पलहरु सम्झिँदै नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक बने । फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनी भावुक बनेका […]

नेकपा ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गर्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

१ फागुन काठमाडौँ – सत्तारुढ नेकपाको ओली समूहले आज लुम्बिनी प्रदेशको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । बुटवलको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । शनिबार बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त शक्ति प्रदर्शनमा २ लाख जनता उतार्ने ओली समुहको दावी छ । नेकपाको प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गरेपछि लुम्बिनीका मुख्यमन्त्री […]

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

३० माघ काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी […]