Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

चिकित्सा शिक्षा विधेयक पास गरे आन्दोलनमा गर्ने निर्णय गर्दै कांग्रेस

सवाल सम्वाददाता काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । महासमितिपछि बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सरकारले संविधान उल्लंघन गरेको, पूर्वाग्रही ढंगले निर्णयहरु गर्न थालेको आरोप लगाएका छन् । बैठकमा आफ्ना तत्कालिन सभापतिहरू गिरिजाप्रशाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताललाई सरकारले विघटनको संघारमा पु¥याएको आरोप लगाएको […]

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आज

काठमाडौं– शुक्रबार बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यतालिका राखिएको छ। शुक्रबार १२ बजेको लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेयले जानकारी गराए। पुस २२ मा प्रधानमन्त्रीले संसदमा संम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रश्न राख्न नपाएपछि त्यस दिनको संसद […]

संघीय सरकारको बेरुजु साढ ५३ अर्ब पुग्यो

काठमाडौं  –  सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ । प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ । सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड […]

माल्ढुंगामा भएको बस दुर्घटनाप्रति मुख्यमन्त्री गुरुङद्धारा दुःख व्यक्त

बागलुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार पर्वतको माल्ढुंगामा भएको सावरी दुर्घट प्रति दुःख व्यक्त गर्नु भएको छ । म्याग्दीको बेनीबजारबाट नारायणगड जदै गरेको ग १ ख ६१०८७ नम्बरको बस दुर्घटना हुँदा  ७ जनाको मृत्यु भएको थियो । मृतक प्रति गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गर्नु भएको छ […]

राजदुत शेर्पा पुनः फर्किइन अष्ट्रेलिया

काठमाडौँ-एक महिनासम्ममा पनि आफ्नो विषयमा टुंगो नलागेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा पुनः अष्ट्रेलिया फर्किएकी छन । परराष्ट्र अधिकारीका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल पछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन् । शेर्पा काममा फर्केकी हुन् वा यहाँको व्यवस्थापन मिलाउन आएकी हुन् त्यो स्पष्ट भने  भएको छैन । केही दिनअघि शेर्पालाई बर्खास्त […]

नेकपाको कार्यदलमै दुइमत, बैठक नै स्थगित

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी संगठनको संगठनात्मक एकीकरण टुंगो लगाउन शक्तिशाली कार्यदल गठन गरे पनि कार्यदलले काम अगाडि बढाउन सकेन । काम अगाडी बढाउन नसकेपछि बैठक स्थगित भएको छ । एकीकरणका सबै बैठकमा मूर्त छलफल नहुदै नेताहरूबीचमा मत बाझिएपछि बैठक अगाडि स्थगित भएको हो । गएको पुस १३ गते सकिएको बैठकले बाँकी सांगठनिक कामहरू पूरा […]

नेपाली भूमिमा भारतीय प्रचार बोर्ड

लुम्बिनी – लुम्बिनी गुरुयोजनाभित्रै भारतीय ठेगाना उल्लेख भएका बोर्ड झुन्ड्याएर बिहार निर्माणको काम धमाधम भइरहेको छ । त्यसले राष्ट्रियताकै खिल्ली उडाए पनि लुम्बिनी विकास कोष मौन छ । जापानको सोक्यो संस्थाद्वारा डब्लूए २ प्लट नम्बरको १ सय ६० वाई, १ सय ६० मिटर जग्गामा रहेको निर्माणस्थल अगाडि नै बोर्ड राखिएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा […]

भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार

काठमाडौं –  कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ। सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटाललाई निरन्तरता दिएको छ। नेपाल र भारतबीच ६ वर्षपछि जलस्रोतसचिव स्तरीय संयुक्त समिति (जेसीडब्लूआर) बैठक गत शुक्रबार राति नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकमा जलस्रोतसम्बन्धी नेपालका अधिकांश प्रस्ताव […]

विवेकशील साझाको छिट्टो परिणामको चाहनाले पार्टी फुटेको हो : विवेकशील नेपाली दल

चितवन – भर्खरै मात्र विवेकशील साझा पार्टीबाट फुटेर नयाँ पार्टी विवेकशील नेपाली दल दर्ता भएको छ । विवेकशील साझा पार्टीको छिट्टो परिणाम खोज्ने चाहनाले पार्टी फुटेको विवेकशील नेपाली दलका सदस्य कृष्ण प्रसाद भट्टराईको भनाई छ । साझा संग विवेकशील रहँदा पार्टीको सिद्धान्त तथा सोच फरक रहनु नै विवेकशील साझा फुट्नुको पहिलो कारण हो उनी भन्छन् । […]

किन संशकित छन् नेकपाका नेता ?

काठमाडौँ – सरकारप्रति जनताको आक्रोश बढ्दै जाँदा प्रधानमन्त्री र सत्तापक्षका शीर्ष नेताले देशमा प्रतिगमन फर्कने खतरा देखाउनु मूल समस्या छल्ने उपाय हो दस्ताबेजमा राजतन्त्रवादी, पश्चगमनकारी, यथास्थितिवादी र अतिवादी शक्तिहरूलाई बलियो र जनमुखी सरकारको उपस्थिति सहज लाग्ने कुरै भएन। यतिबेला उनीहरू कुनै न कुनै हिसाबले अस्थिरता सिर्जना गर्ने, सामाजिक सद्भाव खल्बलाउने, सामुदायिक विद्वेष फैलाउने, सरकारविरुद्ध भ्रामक […]