Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

रामेछापको सुनपती गाउँपालिकामा अध्यक्ष कै मिलेमतोमा चरम आर्थिक अनियमितता

सवाल सम्वाददाता काठमाडौँ रामेछापको सुनापति गाउँपालिकामा चर्को आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाँउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट गर्नु पर्नेमा स्वास्थ्य शीर्षकको औषधि खरिदको ३१ लाख बराबरको रकम आपसी मिलेमतोमा घोटाला गरिएको छ । गााँउपालिका अध्यक्ष धावा लामा, कार्यकारी अधिकृत सुनिल निरौला, स्वास्थ्य […]

सरकार विरुद्ध नेपाली कांग्रेसले देशैभर गर्यो शक्ति प्रदर्शन (हेर्नुस फोटोफिचर)

सवाल सम्वाददाता काठमाडौँ-नेपाली काँग्रेसले सोमबार दिउँसो वर्तमान सरकार विरुद्ध देशैभर शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले २०७५ माघ ११ गते संसदमा भएको बलजफतीको घटना, प्रधानमन्त्री स्वयमको अग्रसरतामा भएको सम्झौता बिपरित चिकित्सा शिक्षा बिधयेक पारित गर्ने कार्य र डा. गोबिन्द केसीको अनशन प्रति सम्बेदनहिन ब्यवहार, कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या भएको ६ महिना पुग्दा समेत […]

सरकारबिरुद्ध जाजरकोट खलङ्गामा पनि पनि काँग्रेसको नारावाजी

सवाल सम्वाददाता जाजरकोट-नेपाली काँग्रेसले सोमबार देशै भर सरकारका विरुद्ध प्रदर्शन गरेको छ । केन्द्रिय निति अनुसार काँग्रेसले जाजरकोटको खलंगामा पनि विरोधका कार्यक्रमहरु गरेको छ । हजारौं कार्यकर्ता सहभागी कार्यक्रममा नेताहरुले सरकारको विरोध गर्दै कम्युनिष्ट सरकारको अधिनायकवाद अन्त हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता राजिव विक्रम शाहले सरकार असफलताको बाटो तर्फ उन्मुख भएको […]

सरकारको आयु धेरै लामो छैन : शर्मा

सिताराम थापा  बागलुङ  – राष्ट्रिय जनमोर्चाले बागलुङको बुर्तिवाङमा सरकारको गतिबिधिको बृहत् बिरोध  गरेको छ। राजमोले आयोजनामा  बुर्तिबाङमा आइतबार गरेको  विरोध सभा सम्पन्न भएको हो ।  ‘संघीयता, राष्ट्रिय विखण्डन र प्रतिगमनको खताराको विरुद्ध संघर्ष गरौं, महंगी, भ्रष्टाचार, हत्या हिंसा र बलत्कारको अन्त्य गरौं’ भन्ने मूल नारा सहित राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले देशव्यापी विरोध कार्यक्रम अन्तर्गत  कार्यक्रम […]

अखिल नेपाल युवक संघको भेला सम्पन्न

सीताराम थापा बागलुङ – अखिल नेपाल युवक संघ बागलुङको जागरण अभियान सहितको जैमिनि नगरस्तरीय भेला सम्पन्न भएको  छ। स्थानिय तहको अधिकार र विकाश बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर  भन्ने मुल नाराका साथ सञ्चालन गरेको “जागौं युवा, लागौं युवा” विशेष संगठनात्मक अभियान अन्तर्गत जैमिनी नगरपालिकाको भेला कुश्मिसेरा बजारमा सम्पन्न गरेको हो […]

सरकारले थाल्यो कर्मचारी समायोजन, ३२ हजार कर्मचारी अझै अपुग

काठमाडौँ । कर्मचारी समायोजन प्रक्रिया सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीले भरेका फारमको आधारमा १२ तहमा समायोजनपत्र दिन थालेको हो  । मन्त्रालयले पहिलो चरणमा ५६ जना सचिबको समायोजन गरेको छ । दोस्रो चरणमा सहसचिबको समायोजन प्रक्रिया अगाडी बढ्ने छ । ६ सय ६२ जना मध्ये १ सय २ जना सहसचिबलाई […]

नेपाली कांग्रेसद्वारा संसदीय सुनुवाई समितिको बैठक बहिस्कार

सवाल सम्वाददाता काठमाडौ-संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको प्रस्तावप्रति विरोध जनाउँदै नेपाली कांग्रेसले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ । कांग्रेसको उपस्थितिविना संवैधानिक परिषदको बैठकले आयोगमा पदाधिकारी प्रस्तावको विषयमा लिखित असहमति जनाउँदै समितिको बैठक बहिस्कार गरेको हो । समितिका चार सदस्यले समिति सभापति लक्ष्मणलाल कर्णलाई लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेका हुन् । […]

अखिल नेपाल युवक संघ गाउँपालिकाको भेला सम्पन्न, नयाँ कार्यसमिति गठन

सीताराम थापा बागलुङ्ग-बागलुङ्ग जिल्लाको बरेङ गाउँ पालिकामा अखिल नेपाल युवक संघ बागलुङ्गले विशेष भेला सम्पन्न गरेको छ । स्थानीय तहको अधिकार र विकास बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर भन्ने मुल नाराका साथ सञ्चालन गरेको भेलामा “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत बरेङ गाउँपलिका स्तरीय भेला आईतबार हुग्दिशिर बरेङ […]

डा. केसीद्वारा प्रधानमन्त्रीको राजीनामा माग

सवाल सम्वाददाता काठमाडौं-प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको बारेमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा अनसनरत चिकित्सक डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ । चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर पुस २५ गतेदेखि अनशनमा रहेका चिकित्सक डा. गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीले ज्ञापनपत्र वाचन गर्नु भएको थियो । ज्ञपनपत्रमा […]

नेपाल ट्रेड युनियन कांग्रेस नेपाल गृह श्रमिक संघको प्रशिक्षण सम्पन्न

सीताराम थापा बागलुङ्ग-नेपाली कांग्रेस पार्टिको भातृ संगठन, नेपाल ट्रेड युनियन काँग्रेस नेपाल गृह श्रमिक संघ बागलुङको ट्रेड युनियन शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा नेपाली कंग्रेस र ट्रेड युनियन अन्तर्गत महिला नेतृत्वमा जागरण अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजाना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापाले […]