Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

राजनीति

अझै टुंगिएन कांग्रेस विधान

काठमाडौं  पदाधिकारी संख्याबारे विवाद लम्बिँदा कांग्रेस विधान थप अन्योलमा धकेलिएको छ । दुई सातादेखि विधान संशोधन समितिको बैठक नै बस्न सकेको छैन । कात्तिक २० गते केन्द्रीय कार्यसमिति बैठकले समझदारी जुटाउन समितिलाई जिम्मेवारी दिएको थियो । संस्थापन इतर पक्षले फेरि पनि महासमिति सार्ने योजनाअनुसार बैठक धकेलिएको आरोप लगाएको छ । यसअघि विधान संशोधनको काम नसकिएको कारण […]

पुत्र वियोगमा भाव विह्वोल भए प्रचण्ड, रोकिएनन् सितादाहालका आँसु : प्रकाश स्मृति दिवस

काठ्माडौँ- तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्य प्रकाश दाहालको प्रथम स्मृति दिवसमा बोल्ने अधिकांश नेताले उनको योगदानको सम्झना गरे । नेकपा अध्यक्ष प्रचण्ड र सीता पुत्र प्रकाशको पहिलो स्मृतिसभामा सयौंको संख्यामा उपस्थित नेता तथा सर्वसाधारणले फूलमाला अर्पण गरे । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा […]

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार

 काठमाडौं –  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २० गते म‌ंगलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कांग्रेसको महासमिति बैठक, नेविसंघको महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। बैठकमा विधान मस्यौदा समितिले तयार पारेको पार्टीको विधान मस्यौदामा पनि छलफल हुन सक्ने कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए। ुमस्यौदा समितिले विधानलाई मंगलबारसम्म सक्ने […]

खानेपानी र सिँचाइ डिभिजनमा तालाबन्दी

लहान – संघीय सरकारल गरेको निर्णय बर्खिलाप हुनेगरी प्रदेश सरकारले सिरहाको लहानमा संचालित दुई सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै नेपाली कांग्रेसले आइतबार तालाबन्दी गरेको छ। आइतबार बिहान कार्यालय खुलेलगत्तै लहान १० ग्रामीणस्थित जलश्रोत तथा सिँचाइ डिभिजन र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पुगेका कांग्रेस कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन्।वर्षौंदेखि लहानमा सिंचाई र खानेपानीको करोडौं मूल्यको […]

तुलाधारको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

काठमाडौं- वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन्। उनको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२:४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। पूर्वप्रधानमन्त्री […]

विवाह पञ्चमीमा भारतीय प्रधानमन्त्री जनकपुर आउने

विराटनगर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्रीको हैसियतमा पाचौँपटक नेपाल आउन लागेका छन् । आगामी मंसिर २६ गते विवाह पञ्चमीको अवसर पारेर उनी जनकपुर आउन लागेको स्रोतले जनाएको छ । उनको यो भ्रमण धार्मिकसँगै विशेष परियोजनाहरुको उद्घाटनमा केन्द्रित हुने जनाइएको छ । भर्खरै पुनस् सञ्चालनमा आएको जनकपुर–जयनगर रेलको उद्घाटनका साथै उनी विराटनगरको एकीकृत भन्सार जाँच विन्दु ९आइसिपी०को […]

सर्लाहीमा नेकपा र नेपाली काग्रेस विच गोली हानाहान, एकको मृत्यु

काठमाडौँ-सर्लाहीमा नेकपा र नेपाली काग्रेस विच गोली हानाहान भएको छ । दोहोरो झडपमा गोलि लागेर एक जनाको ज्यान गएको समाचार छ । सर्लाहीका प्रहरीका अनुसार एक जनाको ज्यान गएको पुष्टि गरेको हो । मृत्यु हुने सर्लाही रामनगर–४ का ६२ वर्षीय रामविालास महतो रहेको स्रोतले जनाएको छ । नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुँदा गोली […]

राष्ट्रपति विद्या भण्डारी कतार प्रस्थान

काठमाडौँ राष्ट्रपति विद्या भण्डारी  कतार प्रस्थान गरेकी छिन्। सोमबार राष्ट्रपति कतार प्रस्थान गरेकी हुन् ।  भण्डारी कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाइ गरे। अस्वस्थ […]