Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

जसपाका कानुन व्यवसायीले ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्दै

६ असार, काठमाडौँ – जनता समाजवादी पार्टी निकट कानुन व्यवसायीले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता  राजेन्द्र  महतो समूहविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन्। अल्पमतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै  संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकट कानुन […]

लुम्बिनी प्रदेशमा विपक्षी दलद्वारा संसद् बैठक बहिष्कार

६ असार, काठमाडौँ – लुम्बिनी प्रदेश सरकारले भर्खरै ल्याएको बजेटमाथि छलफल आजबाट सुरु हुने भनिए पनि विपक्षी दलले बहिष्कार गरेका छन् । जसका कारण लुम्बिनी प्रदेश सभाको वैठक एक घण्टाको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बैठक हुनासाथ सरकारले बहुमत गुमाएको भन्दै तानाशाही ढंगले सरकार चलेका […]

कांग्रेस सभापति देउवा केन्द्रीय सदस्यहरुसँग छलफलमा

६ असार, काठमाडौं– १४ महाधिवेशनमा पनि सभापतिमा चुनाव लड्ने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरुसँग छलफलमा जुट्नुभएको छ । आसन्न भदौमा हुने पार्टीको १४ औं महाधिवेशनअघि बिहान १० बजेदेखि सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल सुरू गर्नुभएको हो । सभापति देउवाले आफू पक्षका केन्द्रीय सदस्यलाई महाधिवेशनमा सहयोग […]

मुख्यमन्त्री पोख्रेलले आज विश्वासको मत लिँदै

४ असार काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोख्रेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो। एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो […]

साउन १२ गतेबाट वडा तहका अधिवेशन सुरु गर्दै कांग्रेस

३ असार, काठमाडौं – नेपाली कांग्रेसले आगामी साउन १२ गतेबाट तल्लो तहको अधिवेशन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले साउन १२ बाट वडा तहबाट अधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि कांग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेको थियो । वडातहका साथै […]

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफः विश्वासको मत प्राप्त गरेको यकिन गर्ने अधिकार राष्ट्रपतिको मात्र हो

३ असार, काठमाडौं– राष्ट्रपति कार्यालयले संविधानको अदालतले सर्वोच्चलाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त नगरी संसद विघटन गर्नुको कारण खुलाउँदै सर्वोच्चमा जवाफ पेस गरेको छ । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ बमोजिमको प्रधानमन्त्री नियुक्त गर्दा अपनाइने कार्यविधि एवं निर्णय राष्ट्र प्रमुख एवं संविधानको पालक र संरक्षणको हैसियतमा राष्ट्रपतिबाट नै निर्णय हुने विषय भएको उल्लेख गरेको […]

माधव नेपाल समूहको स्थायी कमिटी आज बस्दै

३ असार, काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् । बैठक केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

सर्वोच्चलाई प्रधानमन्त्रीकाे लिखित जवाफः अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन !

३ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताउँदै सर्वोच्चलाई जवाफ पठाउनुभएको छ । प्रतिनिधिसभा विघटकनमा कारण देखाउ आदेश दिएको सर्वोच्चलाई जवाफी पत्र लेख्दै प्रधानमन्त्री ओलीले महान्यायाधीकक्ता कार्यालयमार्फत १८ बुँदे जवाफ दिदैँ अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताउनुभएको हो । विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले मागदाबी पेश गर्दा आफूलाई प्रधानमन्त्री […]

सिनोफर्मसँग खोप खरिद गर्ने सरकारको तयारी, ४० लाख डोज खरिद गर्ने

३ असार, काठमाडौं– चीनको सिनोफर्म कम्पनीसँग सरकारले ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । खोप खरिदका लागि प्रक्रिया अघि बढाउन सोमबार बसेको मन्त्रिपरिषद् बैठकलेसहमति दिएको एक मन्त्रीले बताए। खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको चिनियाँ कम्पनीका कारण स्वास्थ्य सेवा विभागले प्रक्रिया बढाएको थिएन । यद्यपि अरु कम्पनीसँग खोप खरिदको प्रक्रिया […]

कमरेड र राष्ट्रिय राजनीति !

अलग-अलग वामपन्थी पार्टीहरूलाई समर्थन गर्ने ब्यक्तिहरु वा तिनका नेता-कार्यकर्ताका विशिष्ट राजनीतिक सोच वा लाइनअरू फरक( फरक हुन स्वाभाविकै हो तर हाम्रो आन्दोलनमा यो ‘फरक’ स्वाभाविक भन्दा केही भिन्न चरित्रको छ। यो फरक संग ठुलो थुप्रो पूर्वाग्रह पनि थुप्रिएको पाइन्छ।यो पूर्वाग्रह कति व्यक्तिहरूमा त ईष्या र व्यक्तिगत वा सामुहगत ‘अहंकार’ को उपल्लोह हदसम्मा पुगेको पनि पाईन्छ […]